लुम्बिनीमा सशस्त्र प्रहरी र राजश्व अनुसन्धान टोली माथि आक्रमणको प्रयास

भैरहवा । रुपन्देहीको सिमावर्ती क्षेत्रमा स्थानीय तस्कर समूहले सशस्त्र प्रहरी र राजश्व अनुसन्धान टोली माथि आक्रमणको प्रयास गरेका छन् । बिशेष सुचानाको आधारमा लुम्बिनी सांस्कृतिक नगरपालिका–२ मुजहनामा बिहीबार साझ ५ बजे अवैध रुपमा नेपाल भित्रियाई चिनी गोदाम गरी राखिएको भन्ने खबरर आएपछि राजस्व अनुसन्धान कार्यालय बुटवल र सशस्त्र प्रहरी बल, नेपाल राजस्व प्रहरी ईकाई बुटवलको टोली खानतलासी गर्न पुगेको थियो ।

राजस्व अनुसन्धान कार्यालय बुटवलबाट अनुसन्धान अधिकृत राज बहादुर बिष्ट सहित ४ जना र सशस्त्र प्रहरी बल, नेपाल राजस्व प्रहरी ईकाई बुटवलबाट सशस्त्र प्रहरी निरिषक अस्मित चौहान मगरको कमाण्डमा १० जनाको संयुक्त टोलिले सो गाउ बस्ने ३२ वर्षिय दिलिप लोधको घरमा खानतलासी गर्दा अवैध रुपमा भित्रिएको ११२ बोरा चिनी नियन्त्रणमा लिएको हो । बरामद अवैध चिनी लिएर फर्किने क्रममा करिब ६ बजे १५०–२०० जना स्थानियहरु मादक पदार्थ सेवन गरी बाटो अबरोध गरेर चिनी लुटपाट गर्ने मनसायले सुरक्षाकर्मीको सवारी साधनमा ढुंगा मुढा गरेका थिए ।

सशस्त्र प्रहरी र राजश्व अनुसन्धान टोली माथि नै स्थानीयहरु लागेपछि तत्काल सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण हे क्वा रुपन्देहीका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक आनन्द थापा मगर, रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे र राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत बिवेक घिमिरेको संयुक्त समन्वय एवं सहकार्यमा एसपी थापा मगर सहित गएको ७० जनाको टोलिले उक्त समूहलाई तितरबितर पारी स्थितिलाई नियन्त्रणमा लिएको थियो । बरामद चिनी सहित सवारी साधनहरु राजस्व अनुसन्धान कार्यालय बुटवलमा ल्याएको थियो ।

राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख विवेक घिमिरले पक्की घरको सटरमा लुकाइएको अवस्था अवैध चिनी बरामद गरेका थियौ स्थानीयले आक्रमण गरेको खबर पाएपछि तत्कालै आएको सशस्त्रको टिमले ठूलो दुर्घटनाबाट बचेको बताए ।

समूहलाई तितरबितर पार्न खोज्दा स्थानियहरुको ढुंगा मुढा गरेका थिए । सो क्रममा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश लुम्बिनी रुपन्देहीको ना १ झ १४७७ नम्बरको गाडीको सिसामा क्षति भएको छ भने गणमा कार्यरत सशस्त्र प्रहरी नायब निरिक्षक काशि प्रसाद चौधरीको दायाँ हात र सशस्त्रकै नेपाल राजस्व प्रहरी ईकाई बुटवलमा कार्यरत सशस्त्र प्रहरी जवान चन्द्रमा पाण्डेको समेत दायाँ हातमा चोट लागेका सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण हे क्वाका सूचना अधिकारी डिएसपी दुर्गा थापो जानकारी दिए । घाइते द्वयको बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार पश्चा्त कार्यालय फिर्ता पठाइएको थापाले भने ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!