३ वर्षपछि भैरहवा भन्सारले गर्यो लक्ष्य पार

भैरहवा । मुलुककै दोस्रो ठुलो र लुम्बिनी प्रदेशको पहिलो भन्सार नाका भैरहवा भन्सार कार्यालयले ३ वर्ष पछि राजश्व लक्ष्य पार गरेको छ । २०७८ पुस ५ गतेबाट नेपाल राष्ट्र बैकले १८ वटा शीर्षकका विलासिताका वस्तुहरुको आयातमा अनिवार्य प्रतित पत्र (एल.सी.) खोलेर शतप्रतिशत र दुई वटा शीर्षकमा ५० प्रतिशत नगद मार्जिन राख्नु पर्ने व्यवस्था गरेसँगै आयातमा कमि हुदै आएको थियो , २०८१ को भदौ महिना सम्म पनि कार्यालयले विभागबाट पाएको लक्ष्य पार गर्न सकेको थिएन । असोज महिनामा भन्सार विभागले दिएको लक्ष्य पार भएको भैरहवा भन्सार कार्यालयका प्रमुख राम प्रसाद रेग्मीले बताए ।

कार्यालयलाई भन्सार विभागले आर्थिक वर्ष २०८१÷८२ का लागि एक खर्ब ९ अर्ब ३३ करोड २२ लाख ५२ हजार राजस्व संक्लन लक्ष्य दिएकोमो चालु आर्थिक वर्षको ३ महिनामा २५ अर्ब ०६ करोड ९१ लाख ७४ हजार रुपैयाँ संकलन गरेको होे । विगत ३३ महिनाबाट भैरहवा भन्सार कार्यालयले लक्ष्य अनुसारको राजश्व संकलन गरेको थिएन । असोज महिनाको लागि हाम्रो लक्ष्य ८ अर्ब ७८ करोड १७ लाख रहेकोमा ८ अर्ब ८१ करोड ३७ लाख अर्थात १०० दशमलव ३६ प्रतिशत राजश्व संकलन भएको प्रमुख भन्सार अधिकृत रेग्मीले भने ।

कार्यालयलाई भन्सार विभागले आर्थिक वर्ष २०८०÷८१ का लागि एक खर्ब २७ अर्ब ८३ करोड ६६ लाख ७९ हजार राजस्व संक्लन लक्ष्य दिएकोमो ६३ दशमलव २४ प्रतिशत, आर्थिक वर्ष २०७९÷८० का लागि एक खर्ब ५५ अर्ब ६० करोड ३८ लाख ७९ हजार राजस्व संक्लन लक्ष्य दिएकोमो ४९ दशमलव ४१ प्रतिशत र आर्थिक वर्ष २०७८÷७९ मा एक खर्ब २७ अर्ब ४२ करोड ६८ लाख २५ हजार राजस्व संक्लन लक्ष्य दिएकोमो ९० दशमलव ९४ प्रतिशत मात्रै राजश्व संलन भएको थियो ।

भन्सार कार्यालयको तथ्याङक अनुसार २०७७÷७८ पछि लक्ष्य अनुसारको राजश्व संकलन हुन सकेको थिएन । वर्षेनी मुलुकको बजेटको आकार बढेकोले स्रोतको सुनिश्चितताका लागि भन्सारको लक्ष्य पनि बढ्ने गरेको छ । तर लक्ष्य थपिए पनि सो अनुसारको राजश्व संकलन भने हुन सकेको थिएन । अहिले विभागले विगतको राजश्व संकलनलाई मध्यनजर गर्दै केही लक्ष्य घटाएपनि यस आर्थिक वर्षको पहिलो महिनामा ८३ दशमलव ५४ प्रतिशत र दोस्रो महिनामा ९० दशमलव ०४ प्रतिशत मात्रै राजश्व संकलन भएको थियो असोज महिनामा लक्ष्य भन्दा १ प्रतिशत बढि राजश्व संकलन गर्न सकेको भन्सार कार्यालयका सूचना अधिकारी नरेन्द्र प्रसाद चौधरीले जानकारी दिए ।

भन्सार विभागले लक्ष्य पार नभएपनि चालु वर्षका लागि विगतको वर्ष भन्दा केही लक्ष्य घटाएको छ । कार्यालयका अनुसार यस नाकाबाट पछिल्लो ३ महिनामा भित्रिने मुख्य १० वस्तुमा मोटरसाइकल, जीप, कार र भ्यान, पेट्रोल, मोबाइल टेलिफोन, इलेक्ट्रीक कार जीप भ्यान, पीग आइरन, पिकअप तथा डेलिभरी भ्यान, ग्लेज टाइल, चकलेट र सुपारी रहेको छ ।

भैरहवा भन्सार कार्यालय निर्यात लक्षित भन्सार नरहेको कारण यहाबाट न्यून रुपमा निर्यात हुने गरेको छ । पछिल्लो ३ महिनामा कार्यालयबाट मुख्य १० बस्तु सेन्थेटिक यार्न, सिमेन्ट, सिमेन्टको क्ल्ङिकर, बनस्पति उत्पादन, रेजीन, पिना, चाउचाउ,प्लाइउड र जडीबुटीहरु निर्यात भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!