सिद्धार्थनगरमा चौपायाको चक्काजाम, दुर्घटना निम्तिने खतरा ।

सम्झना शर्मा , यो तस्विरको हो सिद्धार्थनगर नगरपालिकाको मुख्य सडक मैत्रीपथको । जहां सांझको समय छ , यात्रुहरु आआफ्नो घरतर्फ जान हतारमा देखिन्छन् । गाडिको तांती छ, हर्नहरु बजिरहेका छन् तर सडकमा बथान बनाएर उभिएका यि चौपायाहरुले बाटो छोड्ने नामै लिदैनन् ।
यि त जनावर हुन सायद सडकमा यसरी जाम गर्दा यसको परिणाम के हुन्छ थाहा नपाउन सक्छन् । तर सिद्धार्थनगरभित्र कुनै यस्तो निकाय त होला जसले यि गाई गोरु सडकमा यसरी कहांबाट आए, कसले छाड्यो र किन यति लाहपरवाही हुदै छ भनेर नियमन गर्ने ।
धेरै लामो समयदेखि सिद्धार्थनगरका विभिन्न सडकहरुमा बीचबाटोमा अलमलिएका यि चौपायाले सडकको सुन्दरतामा असर गरेको, यिनहरुको गोवरबाट पीच सडक बरवाद हुने र कुनै पनि समयमा ठुलो सडक दुर्घटना निम्त्याउन सक्ने भन्दै यहांका बुद्धिजिवी र सचेत नागरिकले आफ्ना सामाजिक संजालमा चौपायाले बाटो छेकेर बसेका तस्विरहरु सहित स्टाटस् पोष्ट गरेको देखिन्छ ।
भैरहवाको विकास र यसको सुन्दरतामा सधै चासो राख्ने यस क्षेत्रका बुद्धिजिवी साहित्यकार विजय सागरले त धेरै पटक चिन्ता व्यतm गर्दै सिद्धार्थनगर नगरपालिकालाई यसको सही व्यवस्थापन गर्न अनुरोध समेत गर्नु भएको छ । तर उहां जस्तो सचेत नागरिकले उठाएको विषयलाई सम्बन्धित निकायले खासै चासो दिएको पाईएन् ।

यस विषयमा अन्य कतिपय नगरवासीले आआफ्नै तरीकाबाट खवरदारी गरेका छन् तर यि छाडा चौपायालाई कसले र कहां,कसरी व्यवस्थापन गर्ने भन्ने विषय अन्योल नै छ । हेर्दा दुध दुएर सडकमा छाडिएका जस्ता देखिने यि गाई गोरुका मालिक को हुन ? आखिर यसरी बाटोमा गाईवस्तु छाड्ने व्यतिmलाई पहिचान गरी कारवाही गर्ने कसले ? आम जनताले यही प्रश्नको सही जवाफ खोजिरहेका छन् ।
हिन्दु संस्कारमा गाईलाई माता सरह मानिन्छ, पूजा गरिन्छ तर यसरी सडकमा छाडिएका कयौं गाई गोरुहरु सडक दुर्घटनाका शिकार बनि सडकमै छटपटाईरहेका देखिन्छन् । कतिकयले दुर्घटनाकै कारण ज्यान गुमाएका छन् भने चौपायाकै कारण कैयौ व्यतिmको सडक दुर्घटनामा ज्यान समेत गएको छ , कति अंगभंग भएका छन् । ठुलै दुर्घटना पछिमात्र त्यो विषयमा गम्भिर बन्ने तर निम्तिन सक्ने खतरातर्फ समयमा ध्यान नदिने हाम्रो मानसिकताले सिद्धार्थनगरका सडकमा कुनै पनि बेला ठुलो दुर्घटना नहोला भन्न सकिने अवस्था छैन् । रातको समयमा बीच बाटोमै बसेका चौपायाका कारण विरामी बोकेर आफ्नै रफ्तारमा गुडेको एम्बुलेन्स झुक्किएर दुर्घटना पर्न सक्ने त्यतिकै खतरा देखिन्छ । एकातिर दुर्घटनाको डर अर्कोतिर यि चौपायाको गोवरका कारण पीच उप्किने, भत्किने र करोडौं रुपैया खर्चेर बनाएका सडकहरुको दुर्दशा हुने तर्फ सम्बन्धित निकाय बेलैमा सचेत हुन जरुरी देखिन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!