जनउत्थानको अध्यक्षमा गिरी, १९ औ साधारण सभा सम्पन्न

भैरहवा । २०६२ सालमा स्थापित जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९ औं निर्णय प्रमाणित साधारण सभा गरेको छ । संस्थाका कार्यबाहक अध्यक्ष गिरी प्रसाद पुनको अध्यक्षता तथा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो । असोज १२ गते १० वटा शाखामा एकाइगत साधारण सभा सम्पन्न गरेको सहकारीले निर्णय प्रमाणित साधारण सभा सम्पन्न गरेको हो । ३१ जनाबाट सुरु भएको सहकारी हाल ७ वटा सहकारीहरु एकिकरण गरीरुपन्देहीको तिलोत्तमा नगरपालिका–१५, कोटिहवामा केन्द्रिय कार्यालयले रहेको छ ।

समुदायमा आधारित जनउत्थानले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकारीका सिद्धान्तहरुलाई आत्मसात गर्दै अघि बढेको र बचत तथा ऋणको माध्यमबाट सदस्यहरुको आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणको लागि काम गर्दै आएको छ । संस्थाका कार्यबाहक अध्यक्ष पुनले सदस्यहरुलाई आर्थिक तथा व्यवसायिक रुपमा सक्षम बनाउन जनउत्थान साकोसले निरन्तर कार्य गरिरहेको बताए । जनउत्थानले केही महिना अघि मात्र एक्सेस ब्राण्ड प्राप्त गर्न सफल भएको थियो । सदस्यलाई गर्भदेखि स्वर्गसम्मको लागि आवश्यक पर्ने बचतका प्रकारहरु सञ्चालनमा ल्याउने, सहकारी शिक्षा कार्यक्रम सञ्चालन गरी सहकारीको महत्वका बारेमा बुझाउने लगायतका सामाजिक कार्य गर्दै आएको संस्थाले विपद कोषका लागि रकम हस्तान्तरण गरी वित्तीय साक्षरता कार्यक्रम समेत सञ्चालन गरेको थियो ।

संस्थामा ४० हजार २ सय ४ सदस्य रहेका छन भने कुल पुजी ३ अर्ब ७९ करोड रहेको छ । कार्यक्रममा जनउत्थान साकोसको तर्फाबाट नेपाल भरि अविरल वर्षाको कारण बाढि पहिरोबाट धनजनको क्षति हुन गएकोमा सबै शेयर सदस्यहरुबाट १०÷१० रुपैया झिकेर प्रधानमन्त्री राहत कोषमा रु.४,००,०००।– प्रमुख जिल्ला अधिकारी मार्फत हस्तान्तरण गरिएको छ । सभाले गत आर्थिक वर्ष२०८०÷८१ को रु.११।१८ करोड –शुद्ध मुनाफा) सहितको आय व्यय विवरण र आगामी आर्थिक वर्ष२०८१।८२ मा करिब १२ करोड शुद्ध मुनाफा र ४३५ करोड कुल वासलात पु¥याउने लक्ष्य सहितको अनुमानित आय व्यय र्सबसम्मत पारित गरेको छ ।

सो अवसरमा बोल्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जनउत्थानसँग लामो समयदेखि आफू परिचित रहेको बताए । उनले सहकारीको यो कठिन घडीमा समेत जनताको मन जित्दै समाजपयोगी कार्य गरेकोप्रति खुसि व्यक्त गरे ।

त्यस्तै तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जगेश्वर देवी चौधरीले सहकारीको माध्यमबाट महिलाको सशक्तिकरण गर्दै आएको जनउत्थानले समाज र देशका लागि निकै ठुलो काम गरेको भन्दै खुसी व्यक्त गरिन् ।
संस्थाकी निवर्तमान अध्यक्ष ज्ञानु पौड्यालले सहकारीको उद्देश्य पूर्तिका लागि सञ्चालक सदस्य, कर्मचारी, शेयर सदस्यहरुको लगावले संस्थाले यो प्रगतिको शिखर चुमेकोप्रति खुशी व्यक्त गरिन् । पछिल्लो समय सहकारीको नाममा जनताप्रति निराशा पैदा भइरहेको बेला जनउत्थानले आफ्नो उदेश्यमा अडिग रही सफलता हासिल गरेको उनले बताइन् ।

संस्थाकी सचिव सरु रानाले सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीका सदस्यले संस्थाबाट ऋण लिएर विभिन्न पेशा तथा व्यवसाय गर्दै आएको र समाजमा जनउत्थानको नाम उचो बनाएको समेत बताइन् । संस्थाले सदस्य लक्षित विभिन्न कार्यक्रम सञ्चालन गरेको र त्यस कार्यक्रमबाट गत आर्थिक बर्षमा पनि धेरै सदस्य लाभान्वित भएको उनले बताइन् ।

संस्थाकी कोषाध्यक्ष विष्णुमाया कुँवरले आर्थिक वर्ष २०८०÷८१ को आर्थिक प्रतिवेदन सभामा प्रस्तुत गर्दै संस्थालाई दिगो रुपमा सबल बनाउन सबैको सहयोगको खाँचो रहेको र त्यसप्रति सञ्चालक सदस्यहरु पूर्ण जिम्मेवार रहेको जानकारी दिइन् ।

तिलोत्तमा सिटी न्युजका सम्पादक मोहन न्यौपाने जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले स्थापना गरेको जनउत्थान सहकारी पत्रकारिता पुरस्कारबाट सम्मान समेत गरेको छ । कार्यक्रममा फिल्ड सहायकको तर्फाट अन्जु कुमारी चौधरी, कार्यालय सहायकको तर्फाट सीता रजाली, सेवा केन्द्र प्रमुखको तर्फाट जोग बहादुर थापालाई उत्कृष्ठ कर्मचारीको रुपमा सम्मानित पनि गरिएको थियाे । कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिकाकी उपप्रमुख कल्पना हरिजन, जनउत्थान सहकारीका व्यवस्थापक रन बहादुर थापा लगायतले बोलेका थिए ।

अध्यक्षमा गिरी प्रसाद पुन
जनउत्थान सहकारीको प्रतिनिधिमूलक निर्णय प्रमाणित सभाको आयोजना गर्दै कार्यबाहक अध्यक्ष गिरी प्रसाद पुनको अध्यक्षतामा आगामी कार्यकालको लागि नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । जसको उपाध्यक्षमा सरु राना, सचिवमा अन्जु जैसी र कोषाध्यक्षमा निल प्रसाद पुन रहेको छन् । त्यस्तै सञ्चालक समिति सदस्यहरुमा गंगा सुवेदी, विष्णु माया कुँवर, सीता पाण्डे, खिम बहादुर राना, सपिÞmउर्हमान अन्सारी, भएर बहादुर थापा, जोग बहादुर सुर्यवंशी, पुरन बहादुर शाही र लिला कुमारी थापा रहेका छन् । साधारण सभाले खुमाकान्त अधिकारीको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति समेत चयन गरेको छ । जसको सदस्यहरुमा राम बहादुर सोमार र रुपा भण्डारी रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!