भैरहवाका शिशिरलाइ आठौं जिल्लास्तरीय स्नूकरको उपाधि

भैरहवा ।  भैरहवाका शिशिर गुरुङले आठौंं रुपन्देही जिल्लास्तरिय मेयरकप स्नुकर प्रतियोगिताको उपाधि जितेका छन् । मंगलबार भैरहवास्थित क्रेजि क्यु क्लब हाउसमा भएको फाइनल खेलमा शिशिरले बुटवलका संजय कार्कीलाई ५–२ ले हराउदै उपाधि जितेका हुन् ।

रुपन्देही पुल तथा स्नुकर संघको आयोजना तथा सिद्धार्थनगर नगरपालिकाको सहयोगमा भएको प्रतियोगितामा १२८ जना खेलाडी सहभागी थिए । सेमिफाइनलमा कुनाल श्रेष्ठलाई ४–३ ले हराउंदै शिशिर तथा सञ्जयरत्न बज्राचार्यलाई ४–२ले हराउंदै सञ्जय कार्की फाइनलमा पुगेका थिए । उपाधिसँगै गुरुङले ६१ हजार रुपैया तथा उपविजेता कार्कीले २५ हजार रुपैयां  कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत भए ।  यस्तै सर्वाधिक (५१ ) ब्रेकर सुजन पुन मगरले नगद १० हजार रुपैया र उदियमान खेलाडी घोषित प्रमोद थैवले ५ हजार नगद, र प्रमाणपत्रबाट पुरस्कृत गरिएकाे प्रतियागिता संयोजक एवं संघका सल्लाहकार विजय थापाले जानकारी दिए ।

IMG20241001160103.jpg
विजेता खेलाडीहरू

विजयी खेलाडीलाई सिद्धार्थनगर नगरपलिकाका नगर प्रमुख इस्तियाक अहमद खाँ,रुपन्देही पूल तथा न्स्नुकर संघका अध्यक्ष सुजन पुन लगाएतले पुरस्कार, सम्मान तथा प्रमाणपत्र वितरण गरे ।

सो अवसरमा बोल्दै नगर प्रमुख खाँले स्नुकर खेल मार्फत प्रतियोगिता मात्रै नभई बुद्धिको विकास, निशाना र ध्यान केन्द्रित गर्न सकिने खेल भएको बताए । इन्डोर भएकोले यो प्रतियोगिताको प्रचार प्रसारमा कमि भएकोले यसलाई बाहिर सबैले बुझने र देख्ने गरि ल्याउनु पर्ने बताए । नगरपालिका यो खेल प्रति सकारात्मक छ, जिल्ला स्तरीय यो प्रतियोगिता आगामी दिन ठूला हलमा हजारौले देख्न मिल्ने गरि आयोजना गर्नुपर्ने बताउदै नगरपालिकाले साथ र सहयोग गर्ने प्रतिबद्धता जनाए ।

सो अवसरमा बोल्दै वडा नम्बर १३ का अध्यक्ष सोम गुरुङ, बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव राना, संघका संस्थापक अध्यक्ष भुपेन्द्र क्षेत्री, खेलकुद संघका निवर्तमान कोषाध्यक्ष कोशिष खड्का लगायतले स्नुकर खेल अनुशासित र सभ्य भएर खेलिने खेल रहेकोले मानवीय संस्कारकाे विकास हुने बताए । उनीहरुले अरु खेलहरु जस्तै स्नुकर खेलको पनि ठूलो महत्व रहेकोले, रुपन्देहीबाट स्नुकरमा राष्ट्रको प्रतिनिधित्व हुने गरी खेलाडी उत्पादन भएको बताए । स्नुकर खेल विश्वमा पुरानो र प्रतिष्ठित खेल भए पनि नेपालमा ओझेलमा परेकोले स्नुकर पनि राष्ट्रिय खेलमा समावेश हुनुपर्ने, जिल्ला र प्रदेश स्तरमा संघहरु मार्फत प्रतियोगिताहरु आयोजना गर्दै गए उत्कृष्ट  खेलाडीहरु उत्पादन हुदै जाने बताए ।

DSC00430.JPG

प्रतियोगितालाई पत्रकारिता क्षेत्रबाट योगदान गरेको भन्दै दैनिक लुम्बिनीका संवाददाता मोहम्मद हबिब र खबरपात्रोका दिपक घिमिरेलाई समेत नगद सहित सम्मान गरिएको थियो । यस्तै प्रतियोगितामा सहयोगी, निर्णयक, वरिष्ठ खेलाडी, फरक क्षमताका खेलाडीलाई समेत सम्मान गरिएको संघका अध्यक्ष सुजन पुनले बताए । यसअघि संघको आयोजनामा सात वटा जिल्लास्तरीय प्रतियोगिता बुटवलमा भइसकेकामा यसपटक  भैरहवामा आयोजित प्रतियोगिताले भैरहवा क्षेत्रका खेलाडीहरुमा उत्साह बढेको अध्यक्ष पुनले भने ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!