आज जितिया पर्व मनाइँदै

भैरहवा । तराई–मधेसमा आज जितिया पर्व मनाइँदैछ । तराई–मधेसका आमाहरुले निर्जल/निराहार उपवास बसी आफ्ना सन्तानको सुख, शान्ति, दीर्घायु एवम् प्रगतिको कामना गर्छन् ।

आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथि गरी तीन दिनसम्म श्रद्धापूर्वक मनाउने परम्परा छ । पर्वअन्तर्गत यस वर्ष हिजो बिहान ४ बजेदेखि शुरु भएको ३६ घण्टासम्मको निर्जल र निराहार उपवास आज बेलुका ५ बजे समापन गरिँदैछ ।

निराहार व्रत शुरु गरिएपछि समापन नहुन्ञ्जेल थुक निल्नु पनि नहुने धार्मिक मान्यताले यो पर्व निकै कठिन विधिको मानिन्छ । मिथिलाञ्चल क्षेत्रमा नहा खा अर्थात् नुहाएर खाने विधी अस्ति गरि यो पर्व शुरु भएको हो । यो व्रतको मिथिलाञ्चल क्षेत्रमा विशेष महत्त्व छ ।

वनस्पतिबाट प्राप्त हुने केराको पात, घिरौँलाको पात, तोरीको पिना, चिनी/सखर, भिजाएको केराउ, दही–च्युरा, कम्तीमा पाँच प्रकारका फलफूललगायत सामग्री पूजामा प्रयोग गरिन्छ ।

तराईमा अहिले जितिया पर्वको रौनक र उल्लास छ खासगरी विवाहिता थारु महिला र आमाहरुको लागि। सांस्कृतिक सम्पदाहरूको धनी थारु समुदायले शिरुवादेखि फगुवासम्‍म अर्थात वैशाखदेखि चैतसम्‍म बाह्रै महीना प्रकृतिलाई आधार बनाएर आफ्नो सांस्कृतिक चाडबाडहरु मनाउँदै आएका छन्।

तराइ-मधेशको पर्वहरु शिरुवा, अखारही, रैब, जितिया लगायतका  निष्ठापूर्वक मनाइने पर्वहरु परिवारको कल्याण, आरोग्य, सुख-समृद्धि, सन्तानको दीर्घायुको कामना सहित मनाउने गरिन्छ। यी पर्वहरुले लोकसँग साइनो गाँसेर जुन पक्षको संरक्षण र सम्‍मान स्थापित गरेका छन्। यसले मूलत: समाज र लोकहितकै पक्षमा महत्वपूर्ण योगदान मात्रै गरेका छैनन् संस्कृतिको पहिचान र संस्कृतिको प्रतिधिनित्व कायम गरिरहेका छन् । संस्कृतिको पहिचान र संस्कृतिको प्रतिधिनित्व कायम गर्दैं आउका यी पर्वहरुले थारु समाजसँगै तराइका अन्‍य समुदायहरुले पनि विस्तारै ग्रहण गर्दै आइरहेका छन्। खासगरी जितियालाई मिथिलाञ्चलमा पनि धुमधामले मनाउने गरिन्छ।उनीहरुले जितियालाई अनुसरण गर्दै सांस्कृति महत्वको पर्वको रुपमा स्वीकार गरिसकेका छन्।

‘ जितियाको बेला महिला/आमाहरुले पूजा गर्ने घिरौलाको पात/फूल, तोरीको पिना, कमेरो माटो, कूस, पान, सुपारी, तूलसी, अछता, सानो केराउको दाना, तेल, सिन्दुर र फलफूलले मानव र प्रकृतिबीचको सम्बन्धलाई दर्शाउँछ । प्रकृतिमा भएका तोरीको पिनाले कपाल राम्रो बनाउने, माटोले नुहाएमा कपालमा साबुन लगाउन नपर्ने र सिन्दुरले नारीको शक्ति दर्शाउने भएकाले प्रयोग भएको हुनुपर्दछ।यसले आफ्नो वरपर भएका वानस्पतिक सम्पदाहरूको टेवालाई बल पुर्‍याइरहेको हुन्छ । ‘

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!