महिला सत्य सनातन धर्म संघ (राधे परिवार) को आयोजनामा खुल्ला रतmदान कार्यक्रम बुधबार भैरहवामा सम्पन्न भएको छ । राधे परिवार भैरहवाको २४ औं वार्षिक उत्सवको अवसरमा आयोजना गरिएको कार्यक्रममा २२ जना रतmदाताले रतmदान गरेका छन् ।
धार्मिक कार्यक्रमका साथसाथै कोरोना प्रभावित,वाढी पीडित, भुकम्प पीडितलाई सहयोग प्रदान गर्दै आईरहेको परिवारले अन्य सामाजिक क्रियाकलापमा समेत आफुलाई सक्रिय राखेको छ । रतmदान पनि एक प्रकारको ठुलो दान नै भएकोले कोरोना महामारीको बीचमा कुनै पनि विरामीलाई रगतको अभाव नहोस् भनेर रतmदान कार्यक्रमको आयोजना गरिएको परिवारका अध्यक्ष ईन्दिरा केशीले जानकारी दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि डा. गोविन्द बल्लभ भट्टले आफ्ना भनाई राख्दै रतmदान जस्तो पवित्र कार्य अरु हुन नसक्ने बताउनु भयो । रतmदान गर्ने व्यतिm र रगत लिने दुवै व्यतिmको लागि फाईदाजनक हुने भन्दै ६५ वर्षसम्मका स्वस्थ व्यतिmले रगतदान गर्न सक्ने उहांले बताउनु भयो ।
परिवारका सचिव लक्ष्मी अर्यालको संचालन तथा संस्थाका पुर्व अध्यक्ष माधवी शर्मा वाग्लेको स्वागतमा सम्पन्न कार्यक्रममा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ का अध्यक्ष राजन जंग राणा, वौदिक अपांगता अभिभावक संघका अध्यक्ष बाबुराम केशी, संस्कृत विद्या आश्रमका अध्यक्ष डिआर शर्मा,लुम्बिनी प्रेस क्लबका महासचिव सम्झना शर्मा, नेपाल रेडक्रस सोसाईटी रुपन्देहीका कोषाध्यक्ष रुपमा हिराचन, हिमाली सामुदायिक सेवा केन्द्रका अध्यक्ष सुरेन्द्र जंग थापा लगायतले शुभकामना मन्तव्य व्यतm गर्दै राधे परिवारले रतmदान कार्यक्रम गरेर समाजमा गरेको उदाहरणिय कामको प्रसंशाा गर्नु भएको थियो ।
कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष उषा किरण गुरुङ्ग, निवर्तमान अध्यक्ष हेमा खनाल, विभिन्न संघसंस्थाका प्रतिनिधी, संस्थाका सल्लाहकार,सदस्य लगायतको उपस्थिति थियो । रतmदातालाई संस्थाका अध्यक्ष तथा प्रमुख अतिथिले प्रमाण पत्र प्रदान गर्नु भएको थियो ।

