सिद्धबाबा बाइपास सुरुङको ‘ब्रेक थ्रु’ सम्पन्न

भैरहवा । निर्माणाधीन सिद्धबाबा सुरुङ परियोजना अन्तर्गत दुई वटा बाइपास सुरुङको ‘ब्रेक थ्रु’ सम्पन्न भएको छ । यस परियोजनामा कुल तीन वटा वाइपास निर्माण गरिँदैछ । यसमध्ये बाइपास सुरुङ ३ को २६ भदौका दिन ब्रेक थ्रु भएको थियो ।

शुक्रबार बाइपास सुरुङ १ को ब्रेक थ्रु गरिएको हो । बाइपास सुरुङको लम्बाइ १३० मिटर र बाइपास १ को लम्बाइ १५१ मिटर रहेको छ । बाइपास २ सुरुङको लम्बाइ १६१ मिटर रहेको छ । जसको अहिलेसम्म ११७ मिटर खनिएको छ ।

सिद्धबाबामा मुख्य सुरुङको लम्बाइ आधा खनिएको छ । पछिल्लो तथ्यांक अनुसार मूख्य टनेल ५ सय ४५ मिटर खनिएको छ ।

यस आयोजनामा ११ सय २६ मिटर मुख्य सुरुङको लम्बाइ रहेको छ । सिद्धबाबा सुरुङको ठेक्का दुई वर्ष अगाडिदेखि नै लागेको भए पनि काम भने गत माघदेखि सुरु भएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!