भैरहवा । बलात्कारको आरोपमा रुपन्देही प्रहरीले ३ जना युवाहरुलाई नियन्त्रणमा लिएको छ । किशोरी बलात्कार गर्ने आरोपमा जिल्ला प्रहरी काार्यलयले तीन जनालाई नियन्त्रणमा लिएको हो ।
पिडितको परिवारका अनुसार किशोरीलाई तालिमको बहानामा ललाई फकाई कोटहीमाइ गाउपालिकाका उद्यम बिकास सहजकर्ता मुकेश चौधरीले गाँउपालिकाबाट तालिम परेकोले उक्त तालिम अवसीय तालिम रहेको हुनाले भैरहवा सँचालन हुने हुँदा वास वस्ने गरी आफनै मोटरसाइकलमा बसालेर लगेकोे बताएका छन ।
घटना पहिलेको भएपनि किशोरीलाई घटनाबारे जानकारी गराए मार्ने डर त्रास देखाएकोले घटना बाहिरीएको थिएन । पिडितको शरीरबाट निरन्तर ब्लीडिङ भएपछि परिवारबाट घटना बाहिरीएको, अवस्था गम्भिर भएपनि सामाजिक रुपमा असर हुन्छ भन्ने डरले परिवारले घटना सार्वजनिक गर्न हिच्किचाएका थिए ।
किशोरीका परिवारले कोटहीमाई गाउपालिका शिक्षा शाखामा कार्यरत प्रा सा ३२ बर्षिय मनोहर चौधरी ,कोटहीमाइका उद्यम बिकास सहजकर्ता २६ बर्षिय मुकेश चौधरी र कोटहीमाइ वडा नं ३ का वडा अध्यक्षका छोरा ३५ बर्षिय बंन्टी पान्डेलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाएको बताए ।
घटना पहिलै ४–५ गतेको हो । हिजो मात्रै पिडितको जाहेरी आएकोले ३ जना नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी रजित सिंह राठौरले भने । घटनाबारे अनुसन्धान भइरहेको छ, मुद्धा दर्ता हुन्छ एसपी राठौरले भने ।
घटनाबारे सामाजिक संजालमा मर्चवारमा घटेको निन्दनीय र आपराधिक घटनाको घोर निन्दा गर्दै उक्त घटनाको बारेमा यथाशीघ्र सत्य तथ्य पत्ता लगाई दोषीलाई कानुनी दायरामा ल्याई पिडितलाई न्याय दिनु पर्ने आवाज उठाउदै आएका छन ।
