टेन प्लास्टको पलम्बीङ सामान उत्पादन, कामी भए ब्राण्ड एम्बेसडर

भैरहवा ।   टेन प्लास्ट ब्राण्डमा पाइप देखि फिटिङ र टयान्की सम्मको समपूर्ण पलम्बिङमा चाहिने सामानहरुको उत्पादन गर्दै नेपाली क्रिकेट टोलीका फास्ट बलर सोमपाल कामी टेन प्लास्टका ब्राण्ड एम्बेसडर नियुक्त गरेको छ ।

नवलपरासीको रामग्राममा अवस्थित उद्योगले शुक्रबार भैरहवामा एक कार्यक्रमका बिच १५ महिनाको सम्झौता गर्दै सोमपाललाई ब्राण्ड एम्बेसडर नियुक्त गरेको छ । टेन प्लाष्टका प्रवन्ध निर्देशक धिरज अग्रवालले कामीलाई प्लम्बिङ पाइप दिदै कम्पनिको ब्राण्ड एम्बेसडर नियुक्त गरेका हुन ।

ट्रेडीङको काम गर्दै सुभारम्भ भएको कम्पनि ३१ ओं वर्षमा आइपुग्दा अहिले उद्योग क्षेत्रमा पनि लगानी गरेको छ । २०५० सालमा स्थापना भएको समूहले हाल पलम्बिङको सबै सामान आफै उत्पादन गर्दै आएको छ । इटेलियन प्रविधिले उत्पादित सिपीभिसी, पिभिसी लगायतका उत्पादनले छोटो समयमा नै गुण्स्तर चिन्ह प्राप्त गरी निर्यातको तयारीमा रहेको छ । अटुट जोड मजबुत सम्बन्ध भन्ने नाराका साथ कम्पनिले अबको केही दिनमै भारत तर्फ निर्यात गर्नेछ, जस्को कागजी पक्रिया सबै पुरा भएको कम्पनिले जानकारी दिएको छ ।

कार्यक्रममा बोल्दै सोमपालले कम्पनिले मलाई विश्वास गरेर परिवारमा जोडेकोमा धन्यवाद दिदै विगत दश वर्ष देखि क्रिकेट खेलिरहेको भए पनि यो सम्बन्धलाई निरन्तर जोडिरहने बताए । अहिले टेन समूहमा जोडिन पाउदा धेरै गर्भन्वित भएको छु । ‘मैले भारतिय खेलाडी सचिन तेन्दुलकरलाई हेरेर उस्तै बन्ने अठोट लिएको थिए, अहिले मपनि उहा जस्तै भएको अनुभुत हुन्छ’ उनले भने  ।
‘क्रिकेट खेलेको दश बर्ष भयो, मेरो जर्सी नम्बर पनि दश रहेको छ  र अहिले म टेन प्लास्ट सँग जोडिएको छु ।’  कामीले भने

१ अर्बको लगानीमा सय जनलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजगारी दिदै आएको कम्पनिे टेन प्लाष्टले उच्च स्तरिय वाटर टैंक, सिपीभिसी, पिभिसी पाईप तथा फिटिङ्ग सामाग्री उत्पादन गरिरहेको छ । थाइलैण्ड, भियतनाम लगायतका देशबाट कच्चा पदार्थ भित्रयाई भारतसँग प्रतिस्पर्धा गर्ने आटका साथ गुणस्तरीय उत्पादन निर्यात गर्ने कम्पनिको योजना छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!