२२औं लिस्नु कप फुटबल, रुपन्देहीका ८ सहित १२ टिम सहभागि

भैरहवा । रुपन्देहीको कोटीहवामा भएको २२औं लिस्नु कप फुटबल प्रतियोगिता आगामी शनिबारबाट हुदैछ । लिस्नु युवा क्लब तिलोत्तमा–१५ कोटिहवाको आयोजनामा संगठित युवा सांगठनिक शक्ति भन्ने नाराका साथ कोटीहवा स्थित पशुपति माविको खेलमैदानमा रुपन्देहीका ८ सहित १२ टिमको सहभागितामा प्रतियोगिता हुने आयोजकले पत्रकार सम्मेलन गरी जानकारी गराएका छन ।

सामाजिक क्षेत्रमा क्रियाशिल रहेको क्लबले यस क्षेत्रकै ठूलो धनराशी सहितको पुरस्कार रहेको प्रतियोगिता विगत २१ वटा सफलता पूर्वक सम्पन्न गरी २३ लाख १५ हजारको लागत अनुमानमा यस वर्ष प्रतियोगिता आयोजना गराउदै छ ।

९ ए साइड चरणमा खेलाइने फुटवल प्रतियोगिता जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा खेलाइने छ भने खेल फिफाको नियमानुसार खेलाइने खेलका संयोजक कृष्ण गुरुङले बताए । उनले यस वर्ष खेललाई थप व्यवस्थित गर्दै प्यारफिटको संख्या बढाउने र दर्शकहरुलाई सहजता प्रदान हुने बताए ।

खेलको सुभारम्भमा चेन व्यालुन उठाउदै प्रतियोगितामा प्रवेश शुल्कबाट बचेको रकम अविनाथ अनाथ आश्रमलाई सहयोग गर्ने आयोजकले जानकारी गराएका छन ।

प्रतियोगितामा रुपन्देही, नवलपरासी, कपिलवस्तु, र स्याङ्गजाका १–१ वटा टीमको सहभागिता रहेको छ भने जितसँगै विजेताले ३ लाख २५ हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले १ लाख ६५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरेका छन् ।

त्यसै गरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ सहित मेडल ट्रफी र गिफ्ट ह्याम्पर , उत्कृष्ट गोलरक्षक, सार्वधिक गोलकर्ता, उदियमान खेलाडीले ११–११ हजार नगद सहित मेडल ट्रफी र प्रमाण पत्र, त्यस्तै खेलमा प्रत्येक दिनको म्यान अफ द म्याचले ४ हजार रुपैयाँ पुरस्कार रहेको क्लबका अध्यक्ष तीर्थ राज मल्लले बताए । प्रतियोगिताको प्रायेजन सोही क्षेत्रका उद्यमी लक्ष्मी पाठक भण्डारी, छोरा अभिषेक भण्डारी, छोरीहरु दिपा,कृति र आकृति पाठकहरुले स्व. कमलराज पाठकको स्मृतिमा सिद्धार्थ इट्टा उद्योग मुख्य प्रायोजकको रुपमा रहेको छ । यस्तै क्लवको संरक्षक तिलोत्मा वडा नम्बर १५को कार्यालय सह प्रायोजकको रुपमा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!