भन्सारको तस्कर नियन्त्रण मिसन, ट्रक र चालक सहित २ सय १० बोरा चिनी बरामद

भैरहवा
भैरहवा भन्सार कार्यालय रुपन्देही संस्थागत तस्करी नियन्त्रणमा एकपछि अर्को सफलता प्राप्त गरेको छ ।
गयराति भन्सारको टोलीले रुपन्देहीको भैरहवा लुम्बिनी सडक खण्डको वेथरीबाट भन्सार छली नेपाल भित्रिएको २ सय १० बोरा चिनी लोड रहेको गाडीलाई चालक सहित नियन्त्रणमा लिएको भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार  अधिकृत नारद गौतमले जानकारी दिए ।

प्रमुख गौतमका अनुसार गोप्य सुचनाको आधारमा लु २ ख २८३६ नम्बरको ट्रकमा उतm परिमाणको अवैध चिनी नेपाल तर्फ ल्याउदै गर्दा नियन्त्रणमा लिईएको हो । ट्रक चालक मायादेवी गाउंपालिका २ तुलसीपुरका शिव कुमार यादवलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाईएको प्रमुख गौतमले बताए ।
उतm अवैध चिनी पोखरा लैजादै गरेको सोधपुछबाट खुलेको छ उनले भने । सर्वसाधारणका लागि घरायसी सामानमा निकै कडा गरिएपनि नेपालमा संस्थागत रुपमा तस्करीको गिरोह छ भन्ने भैरहवा भन्सारको पछिल्लो सफल अभियानले पुष्टी गरेको छ ।
भन्सार कार्यालयको टोलीले गत भदौ ८ गते सोही क्षेत्रबाट लु २ ख १२९० नम्बरको ट्रक सहित २ सय १० बोरा चिनी वरामद गरेको थियो । भैरहवा भन्सार कार्यालयले तस्करीलाई कुनै पनि हालतमा सफल हुन नदिने प्रण गरेको भन्सार प्रमुख गौमले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!