पाल्पामा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा एक जना भारतीय नागरिकको मृत्य भएको छ ।
रानिमहल जाँदै गरेको यूपी १४ डीएन १०४ नम्बरको कार आइतबार राति पौने ११ बजे तानसेन नगरपालिका १ नारनडाँडास्थित रानिमहल सडकखण्डमै दुर्घटना हुंदा कार चालक भारत उत्तर प्रदेशका २८ वर्षीय विकास पाठकको मृत्य भएको हो ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका विकासलाई मिसन अस्पतालमा पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
गाडीमा सवार अन्य पर्यटक भने सकुशल रहेको प्रहरीले जनाएको छ । उनीहरू सदरमुकाम तानसेनबाट बास बस्नका लागि रानीमहलतर्फ जाने क्रममा दुर्घटना भएको प्रहरीको भनाइ छ ।
