सिद्धार्थ जेसिसका अध्यक्षलाई प्रवेश नदिए पछि कोहोलपुर बैठकमा तनाव, अध्यक्षहरुको बैठक नै स्थगित

 

सम्झना शर्मा , सिद्धार्थ जेसिसको अध्यक्ष पदमा चुलिएको विवादको प्रभाव नेपाल जेसिसको पश्चिमाञ्चल (एरिया डि) का अध्यक्षहरुको बैठकमा देखिएको छ । शनिवार पश्चिमाञ्चल एरियाका ४९ शाखाका अध्यक्षहरुको बैठक बांकेको काहोलपुरमा आयोजना गरिएको थियो ।
तर त्यो बैठकमा सिद्धार्थ जेसिसका दुबै अध्यक्ष उपस्थित थिए । निर्वाचित अध्यक्ष मंगल भण्डारी तथा केन्द्रिय अध्यक्षबाट मनोनित अध्यक्ष भुवण राणा कार्यक्रमका लागि आआफ्नै तरीकाले कार्यक्रम स्थल पुगे पनि बैठकमा दुवै जनालाई प्रवेश गराईएन । सिद्धार्थ जेसिसका अध्यक्षको नाम व्यानरमा समेत राखिएको थिएन ।
जेसिसको कोहोलपुर शाखाको आतिथ्यतामा आयोजना गरिएको उतm बैठकमा विवादित सिद्धार्थ जेसिसका दुवै अध्यक्षलाई प्रवेश नदिने निर्णय आतिथ्य शाखा कोहोलपुरको वोर्ड बैठकबाट गरिएको स्रोतले बताएको छ । केन्द्रबाट मनोनित अध्यक्ष राणालाई उपस्थित गराउन दवाव आए पनि कोहलपुर शाखाले भने जेसिसको शाखाको निर्वाचन प्रणालीमा नेपाल जेसिसले हस्तक्षेप गर्न नमिल्ने भन्दै सो निर्णय गरिएको आतिथ्य शाखा कोहोलपुरका अध्यक्ष संगम खनालले जनाउनु भएको कार्यक्रममा उपस्थित एक सदस्यले बताउनु भएको छ ।
प्रतिनिधिसभाका सांसद महेश गहतराजको प्रमुख आतिथ्यतामा सुरु भएको कार्यक्रममा पश्चिमाञ्चलका ४८ शाखाका अध्यक्षलाई चेयरिङ्ग गराईए पनि सिद्धार्थ शाखाको नाम लिईएन । कार्यक्रम सुरु भएको धेरै समय सिद्धार्थ जेसिसका दुबै अध्यक्ष हल बाहिरै बसे तर कर्यक्रमको अन्त्यमा दुवै अध्यक्ष जवरजस्ती हल प्रवेश गरेपछि कार्यक्रम स्थलमा होहल्ला बढ्दै गयो र तनाव श्रृजना भयो जसका कारण नेपाल जेसिसका निरुपित उपाध्यक्ष रमा प्याकुरेलले वाध्य भएर कार्यक्रम नै स्थगित भएको घोषणा गरिएको कार्यक्रममा उपस्थित व्यतmीहरुबाट जानकारी आएको छ ।
गत फागुनमा सम्पन्न भएको जेसिआई सिद्धार्थ नेपालको ४४ औं साधारणसभा तथा शाखा अधिवेशनबाट अध्यक्ष पदमा मंगल भण्डारी निर्वार्चित हुनुभएको थियो । अध्यक्ष पदका अर्का उमेद्धवार भुवन राणाले निर्वाचित भण्डारीको उमेर हदलाई लिएर दोस्रो दिन नेपाल जेसिसमा उजुरी गर्नुभएको थियो ।
सोही आधारमा नेपाल जेसिसका अध्यक्षले शाखाको निर्वाचन प्रणालीकै धज्जी उडाउंदै व्यतिmगत रुपमा भुवन राणालाई अध्यक्ष पदमा मनोनित गरेसंगै सिद्धार्थ जेसिसमा दुई अध्यक्षले आआफ्नै तरीकाले काम गर्दै आईरहेका छन् । सिद्धार्थ जेसिसका दुई तिहाई सदस्य,निर्वार्चित व्यतिmहरु भण्डारीको पक्षमा उभिएका छन् । उनीहरुले निर्वाचित पदमा कुनै एक व्यतिmले हस्तक्षेप गर्नु विधि विधान विपरीत हुने भन्दै भण्डारी नै सिद्धार्थ जेसिसको अध्यक्ष भएको दावी गरेका छन् । अर्को तर्फ केन्द्रिय अध्यक्षले मनोनित गरेको राणाले आफु नै सिद्धार्थ जेसिसको अध्यक्ष भएको दावी गर्दै आउनुभएको छ । यस अघि सिद्धार्थ जेसिसका पुर्व अध्यक्ष,पदाधिकारी,सदस्य लगायतले नेपाल जेसिसका अध्यक्ष अशोक शंकरको राजीनामा माग गर्ने निर्णय गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!