मेरो कुनै सम्लग्नता छैन , अनुसन्धानमा पुर्ण सहयोग गर्ने छु ः वडाअध्यक्ष राणा

भैरहवा ।  
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ का वडाध्यक्ष राजनजंग राणाले सि.न.पा.–६ का मल्लाह परिवारको घरजग्गा सम्बन्धी विवादमा आफ्नो कुनै संलग्नता नरहेको दावी गरेका छन् ।

भैरहवामा आइतबार पत्रकार सम्मेलन गर्दै वडाअध्यक्ष राणाले प्रहरीले ल्याएको सर्जमिनमा आफूले हस्ताक्षर गरेको बताउदै आफ्नो नेतृत्वमा कुनै पनि काम नगरेको बताए ।
‘सर्जमिनका लागि आउँदा वंशजको नागरिकता थियो, सबै प्रमाण पुगेर आएको थियो’, उनले भने, ‘प्रहरीले जनप्रतिनिधिको रुपमा हस्ताक्षर गर्न भनेपछि मैले हस्ताक्षर गरेको हुँ, यसमा मेरो कुनै भूमिका छैन् । आवश्यक परे अनुसन्धानमा सहयोग गर्छु ।’

उनले यस विषयमा वडा कार्यालयमा कुनै पनि सर्जमिन नभएको दावी गरे । प्रहरीको विश्वासमा परेर हस्ताक्षर गर्दा आफू बदनाम हुन पुगेको भन्दै उनले गुनासो गरेका छन् । ‘रिखीदेवीको परिवारको अन्य विषयमा केही फाइल म कहाँ आएको छ, अहिले ती फाइल रोकेर राखेको छु’, उनले भने, ‘गलत भन्ने पहिला थाहा पाएको भए म रोहबरमा बस्ने थिइनँ ।’ उनले वडा नम्बर ६ ले सर्जमिन गर्न नमानेर म कहाँ पठाएको भन्ने पनि आफुलाई जानकारी नभएको बताए । पहिला वडा नम्बर ६ मा सर्जमिन गर्न लगिएर त्यहाँ नभएपछि वडा नम्बर ८ मा ल्याइएको विषय बल्ल जानकारीमा आएको बताए ।

घरजग्गा सम्बन्धी विवादमा आफ्नो नाम जोडेर बदनाम गराउन खोजिएको भन्दै वडाअध्यक्ष राणाले अंश हत्याउन लागिपरेको आरोप लागेका मालती मल्लाहिन र रिखीदेवी अग्रवालको वास्तविकताबारे समाचार मार्फत आफूले बल्ल जानकारी पाएको बताए । ‘विश्वासमा पर्दा समस्या भयो, आवश्यक सहयोग गर्न म तयार छु’, उनले भने, ‘पीडित जो भए पनि न्याय पाउनुपर्छ ।’ राणाले रिखीदेवी अग्रवाल वडा नम्बर ८ को बासिन्दा भए पनि मालती मल्लाहिनबारे जानकारी नभएको बताए ।

जनप्रतिनिधीको रुपमा आफ्नो दोस्रो कार्यकाल भएको जानकारी दिदै कुनै सेवा दिए पावत कसैको एक कप चिया समेत नखाएको उनले स्पष्ट पारे । “ईमान्दारिताका साथ जनताको काममा खटिएको व्यक्तिलाई यस्ता काममा नाम जोडिदा साह्रै पीडाबोध भएको छ ,उनले भने । ” सिद्धार्थनगर–६ का निःसन्तान दम्पध् िसुखु मल्लाह र कवुतरी मल्लाहको छोरी भन्दै रिखीदेवी र मायादेवी–३ की बासिन्दा मालती मल्लाहिनले नागरिकतामा सुखुको नाम राखेर नागरिकता बनाएर अहिले सम्पत्ति हड्प्ने प्रयास गरेको आरोप लागेको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!