भैरहवा । नेपाली कांग्रेस क्षेत्र नं. ३, रूपन्देहीले क्षेत्रीय सभापतिहरुको दुई दिने प्रथम राष्ट्रिय प्रशिक्षण कार्यक्रम भैरहवामा गर्ने भएको छ । नेपाली कांग्रेस क्षेत्र नं. ३, रुपन्देहीको ‘२२औं नियमित बैठकमा कार्यक्रमको तयारीका षियमा छलफल गरिएको नेपाली कांग्रेस, क्षेत्र नं. ३, रुपन्देहीका क्षेत्रीय सभापति सुशील गुरुङ्गले जानकारी दिए ।
बैठकमा पार्टीका केन्द्रिय सदस्य, जिल्ला सभापति, पूर्वसभापति, प्रदेशसभा सदस्य, जिसस प्रमुख, पालिका प्रमुख÷ अध्यक्ष, उपाध्यक्ष लगायतको सहभागिता रहेकोे थियो । सो बैठकमा यही आउँदो मिति २०८१ साल नेपाली कांग्रेस क्षेत्र नं. ३, रूपन्देहीले केन्द्रिय कार्यक्रम अन्तर्गत ‘केन्द्रिय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान’को समन्वयमा “प्रतिनिधिसभा क्षेत्रीय सभापतिहरुको २ दिने प्रथम राष्ट्रिय प्रशिक्षण कार्यक्रम” को तयारी सम्बन्धमा विभिन्न छलफल गरेको हो ।
बैठकमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेशसभा सदस्य अब्दुल रज्जाकले राष्ट्रिय प्रशिक्षण कार्यक्रम रुपन्देही जिल्लाको लागि महत्वपूर्ण अवसर रहेकाले सबैजना मिलेर यसलाई सफल बनाउनुपर्ने बताए । कार्यक्रमले देशैभरिका क्षेत्रीय सभापतिहरुलाई एकै ठाउँमा ल्याउँदा समग्रमा पार्टीको संगठन बलियो र प्रभावकारी बनाउनुका साथै यसले आन्तरिक पर्यटनको विकास र शान्तिका अग्रदुत भगवान् गौतम बुद्धको प्रवेशद्धार भैरहवालाई चिनाउन मद्दत पुग्ने धारणा राखे ।
बैठकमा केन्द्रिय सदस्य महिला नेतृ गंगा शाही, जिल्ला सभापति तथा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाण, पूर्व जिल्ला सभापति रामचन्द्र ढकाल, लुम्बिनी प्रदेशसभा सदस्य तथा पुर्वमन्त्री माननीय वसीउद्दीन खाँ, जिल्ला समन्वय समिति, रुपन्देहीका प्रमुख उमाकान्त चापाँगाई, महासमिति सदस्य तथा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खान, लुम्बिनी सास्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दिन मुसलमान, सम्मरीमाई गाउँपालिकाका अध्यक्ष विनोद श्रीवास्तव, उपाध्यक्ष प्रियन्का कुमारी सिंह, सियारी गाउँपालिकाका उपाध्यक्ष तारा थारु, ओमसतिया गाउँपालिकाका उपाध्यक्ष सुनीता चौधरी, क्षेत्रीय सचिव भवानी शर्मा, कोषाध्यक्ष कृष्ण खनाल, सहसचिव कुल प्रसाद न्यौपाने लगायतको सहभागिता रहेको थियो ।
बैठकमा तिलोत्तमाका नगरपालिका नेपाल भरिमा आर्थिक वर्ष २०७९÷०८० मा नेपाल सरकारको स्थानिय तह मूल्याङ्कनमा दोस्रो भएकोमा जिल्ला सभापति तथा तिलोत्तमाका नगर प्रमुख रामकृष्ण खाणलाई केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेशसभा सदस्य अब्दुल रज्जाकले खादा लगाएर सम्मान तथा बधाई प्रकट गरेको थियो । क्षेत्रीय उपसभापति घनश्याम चालिसेको स्वागत तथा क्षेत्रीय सचिव लेखनाथ भट्टराईले सञ्चालन गरेका थिए ।
