दुर्गा सामुदायिक सेवा केन्द्रद्धारा तिज कार्यक्रम सम्पन्न

भैरहवा ।   प्रहरी नायव उपरिक्षक लक्ष्मी खनालले शास्त्रहरुमा नै महिला र पुरुषहरुका बीचमा विभेद गरीएको बताएकी छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा कार्यरत डिएपी खनालले दुर्गा सामुदायिक सेवा केन्द्र ( सामुदायिक प्रहरी सिद्धार्थनगर ३,५,६ ले विहीबार भैरहवामा आयोजना गरेको तीज गित कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य दिदै चाड पर्वहरुलाई सामान्य तरीकाले मनाई मौलिक परम्परालाई जोगाउनु पर्ने सुझाव समेत दिईन् । उनले भनिन् “ हामीले चाडलाई भड्कीलो बनाउनु हुदैन् तर परम्पराका नामामा संस्कृति भित्रका कतिपय विभेदकारी विषयहरुलाई परिमार्जित आवश्यक छ । शास्त्रमा श्रीमानको लागि श्रीमतिको त्यागका विषयमा बोलिएपनि श्रीमतिका लागि श्रीमानले वर्त वस्नु पर्छ भनेर कतै लेखिएको छैन । ”

कार्यक्रममा लुम्बिनी प्रेस क्लबका अध्यक्ष सम्झना शर्माले महिलाहरु आर्थिक रुपमा सवल बन्दै जानु पर्ने बताईन् । समयसंगै परिवर्तनलाई कसैले रोक्न नसक्ने भन्दै महिलाहरुमा देखिएको रुपान्तरणलाई आत्मसाथ गर्नु पर्ने अध्यक्ष शर्माको भनाई थियो ।

तीजको मौलिकता संरक्षण गर्दै सामाजिक सद्भावका लागि केन्द्रले तिज कार्यक्रमको आयोजना गरेको केन्द्रका अध्यक्ष अजय कुमार गुप्ताले बताए । केन्द्रका अध्यक्ष गुप्ताको अध्यक्षता, महासचिव शान्ता कडेंलको संचालन, सचिव रश्मी कोईरालाको स्वागतमा सम्पन्न कार्यक्रममा केन्द्रका निवर्तमान अध्यक्ष राजेन्द्र श्रेष्ठ, सह आयोजक संस्थाहरु सक्षम सहारा बहुउद्देश्य महिला समुह, एकता महिला समुह, राधा कृष्ण मन्दिर परिवार, दिदीवहिनी समुह, श्याम मित्रमण्डल, दुर्गा मन्दिर परिवारका अध्यक्षहरुले तिजको शुभकामना दिदै यसको पौराणिक महत्वका बारेमा चर्चा गरेका थिए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रुपन्देही महिला सेलका प्रमुख, सामुदायिक प्रहरी, केन्द्र तथा समुहका पदाधिकारी,सदस्य लगायतको उपस्थिति रहेको थियो ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!