रोटरी लुम्बिनी सिद्धार्थनगरको प्रयास : स्वस्थ मन, स्वस्थ शरिर

भैरहवा ।    रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरले तनाव व्यवस्थापन एवम् मानसिक वास्थ्य सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।
क्लबको १३४२ औं बैठक बिहीबार भैरहवामा सम्पन्न गर्दै सोही अवसरमा सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको सभाहलमा भएको मानसिक स्वास्थ्यसम्बन्धि अभिमुखीकरण कार्यक्रममा वरिष्ठ मनोरोग विशेषज्ञ डा.विक्रम काफ्लेले सहजीकरण गरेका मानसिक स्वास्थ्यको क्षेत्रमा अनुभवी डा. काफ्लेले बच्चादेखि वृद्धसम्म सबै उमेरका व्यक्तिहरु मनसिक रोगको शिकार बन्न सक्नेतर्फ सहभागिलाई सचेत बनाए ।

मानसिक रोगका विषयमा समयमा सचेत हुन सक्यो भने व्यक्ति पुर्ण स्वस्थ हुन सक्ने उनले बताए । मानसिक रोगलाई वेवास्था गर्दा आत्महत्याको अवस्थासम्म पुगेका उदाहरण दिदै परिवारमा मानसिक रोगका विषयमा खुलेर छलफल गनुपर्ने उनले सुझाव दिए ।
रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगर वर्ष २०२४÷०२५ का अध्यक्ष ओम जैसीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा रोटरीयन, अन्य संघसंस्थाका प्रतिनिधि, सिद्धार्थ उद्योग वाणिज्यसंघका अध्यक्ष लगायत पदाधिकारी, सदस्यहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माको प्रमुख आतिथ्यता, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठको विशिष्ट आतिथ्यता, संघका वरिष्ठ उपाध्यक्ष नेत्र प्रसाद आचार्यको स्वागत, रोटरी लुम्बिनी सिद्धार्थनगरका पूर्वअध्यक्ष जितेन्द्रनाथ शर्माको धन्यवाद ज्ञापन तथा सचिव दिनेश अग्रवालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!