बुटवल मोडल कलेजमा एमविए फाईन्नान्स कार्यक्रम

भैरहवा । रूपन्देहीकाे ओमसतिया १  कटैयामा रहेको बुटवल मोडल कलेजमा एमविए फाईन्नान्स कार्यक्रम सुरू भएकाे छ ।  पोखरा विश्व विद्यालयको सम्बन्धनमा एमविए फाईन्नान्स कार्यक्रमकाे लागि अनुमति दिएसँगै कलेजले शनिबार घोषणा कार्यक्रम सम्पन्न गरेको हाे।

कलेजका प्राचार्य डा. नेत्र प्रसाद बस्यालले  बुटवल मोडेल कलेजमा फाईन्नान्सको एमविए कक्षाहरु संचालन हुने बताए । राष्ट्रकै शैक्षिक दुइवटा ठुलासंस्थाहरु काठमाडौं मोडेल कलेज र न्यू होराइजन कलेजले स्वामित्व ग्रहण गरी बुटवल मोडेल कलेजको नामबाट रुपन्देहीको कटैया स्थित शान्त, मनोरम वातावरणमा सुविधा सम्पन्न भवनमा सञ्चालन भएपछि कलेजले गति लिदै गईरहेको बताए।

उच्च शिक्षामा अब्बल सावित गर्दै आएको यस कलेजले स्नाकोत्तर तहमा फाइन्नस कार्यक्रम शुरुवात गरेको प्राचार्य बस्यालले बताए ।

पोखरा विश्वविद्यालयको अनुमती प्राप्त गरी कक्षाहरु संचालन गरिन थालेको छ। याे कार्यक्रमले ब्यवहारीक रुपमा आधुनिक प्रविधिको प्रयोग गरेर अध्यापन गराईने एमबिए फाईन्नासका विद्यार्थिहरुले अध्ययन पश्चात लुम्बिनी प्रदेश, रुपन्देहीका लागि मात्र नभई नेपालभरिका औद्योगिक प्रतिष्ठान, बैक तथा वित्तिय संस्थाका लागि तयार मानवपूँजीका योगदान दिनेछ ।

कार्यक्रममा प्रमुख आतिथि पोखरा विश्व विद्यालयका परीक्षा नियन्त्रक डा. तुलसीरामभण्डारीले पोखरा विश्व विद्यालयको सम्बन्धनबाट कलेज संचालन गरेको बुटलल मोडेल कलेजले विविए र विएचम बिषयमा गुणस्तरी शिक्षा प्रदान गरी प्रत्यके बर्षहरुका आफुलाई अब्बल सावित गर्दै आएको बताए ।

विश्व विद्यालयले बुटवल मोडेल कलेजलाई गुणस्तरीय शिक्षा गरेकै कारण विश्वास गरेको बताउँदै एमविए फाइन्नास विषयमा उत्कृष्ठ नतीजा दिने विश्व विद्यालयले लिएको बताएका थिए ।

अध्यक्ष रामेश्वर श्रेष्ठले वि.सं. २०६४ सालमा रुपन्देहीको शंकरनगरमा पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिइ स्नातकोत्तर तहमा मानविकी, तथा सामाजिक संकाय अन्तर्गत एमए कार्यक्रम सञ्चालन गर्दै शुरु भएको तत्कालिन तुल्सीमेहर कलेजको वर्तमान स्वरुपको रुपमा रहेको बुटवल मोडेल कलेज वि.सं. २०७२ सालमा विविए कार्यक्रम सुरु गरेको थियाे । अभिभावक र विद्यार्थीहरुले कलेजप्रति देखाएको विश्वासले कलेजले प्रगति गर्दै गईरहेको कलेजले जनाएकाे छ ।

बुटवल मोडेल कलेजका विविए संयोजक दिपक ज्ञवालीको संचालनमा भएको घाेसणा कार्यक्रममा  रुपन्देही भित्रका विभिन्न कलेजका प्राचार्यहरु, निजी क्षेत्रका संघसंस्थाका अगुवाहरु ,उद्योगी व्यवसायी, बैंकर्स, काडमाडौ मोडेल कलेजका संचालक, न्यूहोराइजन मा.विका अध्यक्ष, प्राचार्य क्षीतिज कलेजका प्राचार्य, , विश्वविद्यालयका प्रध्यापकहरु, कलेजका प्राध्यापकहरु संचारकर्मिहरु लगायतको उपस्थिति रहेको थियो । बुटवल माडेल कलेजका व्यवस्थापन समितिका अध्यक्ष रामेश्वर श्रेष्ठको अध्यक्षता तथा पोखरा विश्व विद्यालयका परीक्षा नियन्त्रक डा. तुलसीराम भण्डारीको प्रमुख आतिथ्यमा शनिबार भैरहवामा कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!