भैरहवा,
अमेरिकाको एक प्रसिद्ध युनिभर्सिटीमा पुर्ण छात्रावृत्ति प्राप्त गर्ने एक विद्यार्थीलाई भैरहवामा रहेको फयुचर लाईट ईङ्गिलस स्कुलले बधाई सहित शुभयात्राको लागि विदाई गरेको छ ।
सोमबार विद्यालयका प्रिन्सिपल गम्भिर गुरुङ्गले आफ्ना पुर्व विद्यार्थी प्रशान्त काफ्लेले आफ्नै प्रयासबाट संयुक्त राज्य अमेरिकाको एक स्तरीय युनिभर्सिटीमा फुल स्कलरसिपमा नाम निकाल्न सफल भएकोले गौरव महसुस गरी शुभकामना प्रदान गरिएको बताए । उनका अनुसार पढाईमा अब्बल, अनुशासित आफ्ना पुर्व विद्यार्थी प्रशान्त काफ्लेले अमेरिको पेन्सिलभेन्स राज्यको लिहाई युनिभर्सिटीमा चारवर्षको डाटा साईन्स कोर्षको लागि पुर्ण छात्रवृति प्राप्त गरेका छन् । यस अघि पनि विद्यालयका राहुल गुप्ताले अमेरिका मै पुर्णछात्रवृति प्राप्त गरिसकेका छन् ।
शुभकामना तथा विदाई कार्यक्रममा बोल्दै लुम्बिनी प्रेस क्लबका अध्यक्ष सम्झना शर्माले फयुचरलाईटले अन्तराष्ट्रिय युनिभर्सिटीको रोजाईमा पर्ने अब्बल विद्यार्थी तयार गर्न सफल भएकोमा बधाई दिईन् । आशा लाग्दा विद्यार्थी प्रशान्त अन्य विद्यार्थीको लागि उदाहरण बन्न सक्ने उनले बताईन् ।

प्रशान्त निम्न वर्गीय परिवारमा जन्मिए पनि आफ्नो परिश्रम र लगशिलताका कारण आफु आज यो अवस्थामा पुग्न सफल भएको बताए । उनी भन्छन् “मेरा बाबाआमाको आर्थिक हैसियत मलाई बोर्डिङ्ग स्कुलमा शुल्क तिरेर पढाउन सक्ने थिएन । मेरो मेहनत लगशिल र विद्यालयका प्रिन्सिपल सर म्यामको सहयोगले आज म यो स्थानमा छु । ” विद्यालयमा अध्ययन गर्दा कापी किताव समेत विद्यालयबाट निशुल्क उपलब्ध गराईदिएको भन्दै विद्यालयको गुन जीवनमा नविर्सिने बताए । फयुचर लाईटबाट चौथो व्याचको रुपमा एसईई उत्तीण गरेका प्रशान्तले कक्षा ११, १२ मा पनि छात्रवृत्ति प्राप्त गरेको बताए । “आफुले आफ्नो क्षमता चिनेर अथक प्रयास गर्यो भने अवश्य सफल भईदोरहेछ उनी भन्छन् ।”
उनले उच्च शिक्षाका लागि नेपाल लगायत अन्य देशका धेरै युनिभर्सिटी, कलेजहरुमा निरन्तर प्रयास गरेका थिए । “अमेरिकाको करीब ४५ वटा विभिन्न युनिमा मैले कोशिस गरे तर कतै सफल भईन् अन्तिममा लिहाईलाई मेरो सम्पुर्ण डकुमेन्टस्हरु पठाएं र छनौट पनि भए उनले थपे । ” एप्लाई गर्ने क्रममै उनी विरामी समेत परेको सुनाएं । म रातभर नसुति युनिभर्सिटीहरु खोज्थे । अमेरिका र नेपालको समय नमिल्ने कारणले रात भरि नसुतेर कोशिस गरेको उनले बताए ।
यसरी आर्थिक अवस्था कमजोर हुंदाहुदै पनि आफ्नो क्षमताले अवसर प्राप्त भएकोमा उनी निकै खुशी छन् । आफ्ना जुनियरलाई उनले अवसरले तपाईहरुलाई पर्खिरहेको छ भन्दै कडा मेहनत गर्न सुझाव समेत दिए । फयुचरलाईट स्कुलबाट यस अघि पनि विद्यार्थी राहुल गुप्ताले अमेरिकामै पुर्ण छात्रवृत्तिमा अध्ययन गरिरहेका छन् । वारिवारिक वातावरण रहेको विद्यालयले असल विद्यार्थी उत्पादनमा सधै जोड दिएको विद्यालयका भ्वाईस प्रिन्सिपल सन्धया गुरुङ्गले बताईन् ।
