अन्तराष्ट्रिय कम्पनी लर्ड्स प्लाजा एण्ड रिसोर्टसंग जोडियो रेडसन

भैरहवा,
भैरहवाको वसन्तपुरमा रहेको वोदी रेडसन अब रेडसन लर्डस् प्लाजाको नामबाट अन्तराष्ट्रिय हस्पिटालिटीको सुविधा सहित संचालनमा आएको छ । १० अगस्त २०२४ मा भारतको गुजरातमा मुख्य कार्यालय रहेको लड्स प्लाजाले ६५ औं शाखाका रुपमा रेडसनलाई ग्रहण गरेसंगै यो अन्तराष्ट्रिय संजालमा जोडिएको हो ।

यसले भैरहवा क्षेत्रको मात्र नभएर लुम्बिनी प्रदेश र नेपालकै पर्यटनमा ठुलो भुमिका खेल्ने अपेक्षा गरिएको छ । यस क्षेत्रका ठुला व्यवसायिहरु प्रमोद यादव र बुद्धिराम यादवले होटल रेडसनको स्थपना गरेका हुन् । निकै कठिनाईका साथ स्थापना गरिएको होटल रेडसनलाई कुसल व्यवस्थापकको जिम्मा लगाउन पाउंदा आफुहरु खुशी भएको यादवद्धयले प्रतिक्रिया दिए ।

लड्स् प्लाजा कम्पनीले हाल भारत, नेपाल र अमेरिकामा गरि ६५ वटा ठूला लक्जरीयस (बिलासी) होटलको व्यवस्थापन सहित संचालन गरिरहेको छ । लर्ड्स होटल एण्ड रिसोर्ट्सका कार्यकारी प्रमुख पुष्पेन्द्र बंशलले बिश्वकै पर्यटकीय गन्तब्य स्थलमध्येको बुद्ध जन्मस्थल लुम्बिनीसहित बृहत्तर लुम्बिनी क्षेत्रमा पर्यटनको अथाह सम्भावना रहेकाले भैरहवामा आफ्नो कम्पनीले नयाँ व्यवस्थापनसहित होटल संचालन सुरु गरेको बताए । आफु र परिवारलाई नेपाल असाध्यै मन पर्ने भन्दै उनले व्यवसायिक रुपमा नेपालसंग जोडिन पाउंदा खुशी व्यक्त गरे ।

भैरहवाको सबै भन्दा ठूलो स्विमिङपुल, वाटर पार्क, क्यासिनो, स्पा, बहु कुजिन रेष्टुरेन्ट, आकर्षक बारसहितको उक्त होटलमा ९५ वटा लक्जरीयस कोठा छन् । शान्त, सफा,हरियाली र फराकिलो स्थान रहेकोले यस होटल पर्यटकको पहिलो रोजाईमा पर्ने गरेको छ । ‘लुम्बिनीको सामिप्यमा मात्रै होइन्, भैरहवा भारतबाट सर्वाधिक पर्यटक आउने नेपालको मुक्तिनाथ, पोखरा, चितवन लगायतका पर्यटकीय स्थल आउनका लागि पायक पर्ने नाकामा रहेकाले पनि सम्भावना धेरै बोकेको ठाउँ हो’, होटलमा आयोजित पत्रकार सम्मेलनमा बंशलले भने, ‘यो होटल पनि लर्ड्स होटल एण्ड रिसोर्टसको अन्तर्राष्ट्रिय संजालमा जोडिएपछि नेपालमा व्यापार र मनोरञ्जन दुवैपक्ष पुरा गर्ने रणनीति होटल व्यवस्थापन पक्षको रहने छ ।’

लर्ड्स होटल एण्ड रिसोर्ट्सले भारतका विभिन्न सहरमा ६२, अमेरिकामा एक र नेपालमा पाँचवटा उच्च स्तरीय होटलको व्यवस्थापनसहित संञ्चालन गर्दै आएको छ । लर्ड्सका महाप्रबन्धक कमलकान्त खटुवाले रेडसन लर्ड्स प्लाजाको खाना र बसाइँको स्तर अव अन्तर्राष्ट्रिय मापदण्डको हुने बताए ।
उनकाअनुसार कम्पनीले रेडसन लर्ड्स प्लाजासहित लर्ड्स इको इन काठमाडु, दियालो लर्ड्स प्लाजा बीरगंज, अनुतारा लर्ड्स प्लाजा काठमाडौं र डायमण्ड प्यालेस लर्ड्स प्लाजा नेपालगञ्जको व्यवस्थापनसहित सञ्चालनमा ल्याइएको छ । होटलका अध्यक्ष प्रमोदकुमार यादवले लर्ड्स प्लाजा एण्ट रिसोर्ट होटल व्यवस्थापनमा अन्तर्राष्ट्रिय स्तरमैं ख्याती कमाएको कम्पनी भएकाले लुम्बिनीसहित नेपालका अन्य पर्यटकीय स्थलको पर्यटन प्रबद्र्धनका लागि होटलको व्यवस्थापनसहित संचालनको जिम्मा दिइएको बताए ।
‘नेपालसँग जोडिएका भारतको प्रान्तमा मात्रै ७० करोड भन्दा धेरै जनसंख्या छ र त्यसको ५ देखि १० प्रतिशत जनसंख्यालाई मात्रै नेपालमा वार्षिक रुपमा ल्याउन सक्ने हो भने नेपालको पर्यटन विकासले छोटो समयमैं फड्को मार्ने छ’, यादवले भने, ‘भारतीय पर्यटकलाई सहज रुपमा नेपाल आइ भ्रमण गर्ने बातावरण बनाउन भने सरकारले ध्यान दिनु पर्ने जरुरी देखिएको छ ।’

यादवको भनाइमा, भारतीय पर्यटक नेपाल भ्रमणमा आउँदा धेरै कठिनाइको सामाना गर्नु पर्ने अवस्था छ । भारतीय पर्यटकको गाडी देख्नासाथ नेपालमा सिमानाकाबाटै सुरक्षा निकायबाट चेकजाँचको नाममा ठाउँठाउँमा भन्झट र सास्ती दिने गरिएको छ । भ्रमणको क्रममा नेपालमा खर्च गर्न भनेर साथमा ल्याइने भारतीय रुपैयाँको स्रोत खोज्दै नियन्त्रणमा लिने गरिन्छ । गाडीको परमिट सहज रुपमा उपलब्ध गराइँदैन ।

सिद्धार्थ होटल एशोसिएसन नेपालका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ (सीपी)ले भारतीय पर्यटकका लागि लुम्बिनीसहित नेपालमा प्रशस्त पर्यटकीय गन्तब्य स्थल रहेको र सवै भन्दा सहज नाका सुनौली–भैरहवा रहेको बताए । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट निकट दिनमैं एयर थाइसहित अन्य अन्तर्राष्ट्रिय बायु कम्पनीले उडान संचालनको तयारी गरिरहेको जनाउँदै भैरहवा–दिल्ली उडान संचालन भए पनि भैरहवा सहित नेपालको पर्यटन क्षेत्रले नयाँ गती र उचाइ लिने दावी उनले गरे ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!