नेपाली कांग्रेस क्षेत्र नं. ३, रूपन्देहीको ‘२०औं नियमित बैठक’ सम्पन्न

भैरहवा,
नेपाली कांग्रेस क्षेत्र नं. ३, रूपन्देहीको ‘२०औं नियमित बैठक’ आईतबार जिल्ला पार्टी कार्यालय, भैरहवामा सम्पन्न भएको छ ।
सो बैठकले नेपाली कांग्रेस क्षेत्र नं. ३, रूपन्देहीले केन्द्रिय कार्यक्रम अन्तर्गत ‘केन्द्रिय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान’को समन्वयमा “प्रतिनिधिसभा क्षेत्रीय सभापतिहरुको २ दिने राष्ट्रिय प्रशिक्षण कार्यक्रम” आउँदो मिति २०८१ साल कार्तिक ३० देखि मंसिर १ गतेसम्म आतिथ्यता गर्ने सर्वसम्मतिले निर्णय गरेको छ ।

बैठकमा बोल्ने अधिकांस वक्ताहरुले यस प्रकारका कार्यक्रमले देशैभरिका क्षेत्रीय सभापतिहरुलाई एकै ठाउँमा ल्याउँदा आन्तरिक पर्यटनको विकाशका साथै शान्तिका अग्रदुत भगवान् गौतम बुद्धको प्रवेशद्धार भैरहवालाई चिनाउन मद्दत पुग्ने बताए । साथै यसले अद्यावधिक कुराहरु प्रशिक्षण, परस्पर समन्वय, भातृत्व तथा समग्रमा पार्टीको संगठन बलियो र प्रभावकारी बनाउन टेवा पुग्ने बतए ।

बैठकमा महासमिति सदस्य तथा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खान, संविधानसभा सदस्य जन्नतुन निशा धुनिया, महासमिति सदस्य विमल ढकाल, पुर्व प्रदेशसभा सदस्य पुष्पा थरुनी, महाधिवेशन प्रतिनिधी तथा लुम्बिनी प्रदेश कार्यसमितिका सदस्य रमेश खनाल, विना न्यौपाने, लक्ष्मण सुवेदी, सुर्य नारायण यादव, महाधिवेशन प्रतिनिधि विनय ज्ञवाली, महेन्द्र कुमार श्रेष्ठ, बसन्तलाल कर्ण, दिपेन्द्र बुडाप्रिति, क्षेत्र नं. ३ ‘ख’ का सभापति घनश्याम चालिसे, क्षेत्रीय सचिव भवानी शर्मा, सहसचिव कुल प्रसाद न्यौपाने लगायतको सहभागिता रहेको थियो ।

बैठकले नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेशसभा सदस्य माननीय अब्दुल रज्जाकको शीघ्र स्वास्थ्यलाभ, जिल्ला सभापति तथा तिलोत्तमाका नगर प्रमुख रामकृष्ण खाण नगर विकाश कोषको सदस्यमा मनोनित भएकोमा बधाई तथा जिल्ला उपसभापति तथा सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेलाई मातृशोक परेकोमा समवेदना प्रस्ताव अनुमोदन गरेको छ । क्षेत्रीय उपसभापति सुरेन्द्रजंग थापाको स्वागत तथा क्षेत्रीय सचिव लेखनाथ भट्टराईले सञ्चालन गरेका थिए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!