भीम अस्पतालको सेवा सुधारका लागि विएमजीको खवरदारी

भैरहवा,
भैरहवा मर्निङ्गवाक ग्रुपले भीम अस्पतालको स्वास्थ्य सेवा सुधार गरी प्रभावकारी बनाउन अस्पताल प्रशासनलाई खबरदारी गरेकोे छ ।
आईतबार समुहका संस्थापक अध्यक्ष विजय गोविन्द श्रेष्ठको नेतृत्वमा अस्पताल पुगेको विएमजीको समुहले भीम अस्पताल यस क्षेत्रकै पुरानो अस्पताल भएकोले यसप्रति जनताको भरोसा बढाउने गरी स्वास्थ्य सेवा प्रवाह गर्नुपर्ने सुझाव दिएको हो ।

भीम अस्पतालमा आउने विरामीहरुले स्वास्थ्यकर्मीहरुको बोली व्यवहार रुखो भएको, समयमा स्वास्थ्य सेवा पाउन नसकिएको, जेष्ठ नागरिक, बालबालिका महिला तथा अपांगता भएका व्यक्तिहरु पनि लामो समय लाईनमा वस्नु पर्ने बाध्यता रहेको, विमा लागु गरिएपनि प्रभावकारी नभएको लगायतका गुनासाहरु धरै आउन थालेपछि विएमजीले अस्पताल प्रशासनलाई ध्यनाकर्षण गराउन त्यहां पुगेको अध्यक्ष विजय सागर श्रेष्ठले बताए । “अस्पतालले तत्काल सुधार गर्न सक्ने केही विषयहरु छन् त्यसमा हामीले अध्यक्ष, मेसु लगायतलाई सुझाव दिएका छौं उनले भने ।”

भीम अस्पताल पुगेका विएमजीका सचिव मनमाली निराकारले आफ्नो संस्था सामाजिक उत्तरदायित्व अन्तरर्गत समाजमा सेवा प्रवाहमा नागरिकले भोग्नु परेका समस्याप्रति सम्बन्धित निकायको ध्यानार्काण गराउने सचेत र सेवा निवृत्त नागरिकहरुको समुह भएको बताए । आम नागरिकको गुनासोलाई सम्बोधन गरी अस्पतालमा रहेका कमजोरी सच्याउन दवाव दिने उद्देश्यले विएमजीका सदस्यहरु उपस्थित भएको उनको भनाई छ ।

यस्तै सो अवसरमा विएमजीका बाबुराम केशी, राजु नारयण श्रेष्ठ, विष्णु गौतम, रुद्र ज्ञवाली, शुवर्णमुनी शाक्य, विजय नारायण श्रेष्ठ, राज श्रेष्ठले आफ्ना भनाई राख्दै भीम अस्पताल आम नागरिकको पहुंचको अस्पताल भएकोले यसको प्रशानिक पक्ष सुधार गरी उपलब्ध उपकरणको सदुपयोग गर्दै गुणस्तरीय स्वास्थ्य सेवा दिनु पर्ने दवाव दिए ।
पहिलाको तुलनामा अस्पतालमा धेरै सुधार भएपनि यति नै प्रयाप्त नभएको उनीहरुले बताए । अस्पतालका आन्तरिक विभागहरुबीच मतभेद हुंदा त्यसको सिधा असर नागरिकको स्वास्थ्यमा पर्न जानेतर्फ अस्पताल प्रशासनले ध्यान दिनु पर्ने सुझाव दिए ।

अस्पतालको सुधारका लागि अक्सिजन प्लान्ट संचालन गर्न विएमजीले सुरुमै चार लाख हस्तान्तरण गरेको स्मरण गराउंदै उक्त  प्लान्टको बारेमा समेत चासो व्यक्त गरेका थिए ।


सुझाव ग्रहण गर्दै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डा. आनन्द शर्मा, मेडिकल सुप्रिटेन्डेन्ट डा. शकुन्तला गुप्ता, सुचना अधिकारी डा. आरिफ हुसैन, अस्पताल व्यवस्थापक छम बहादुर अधिकारी (सुरेन्द्र) ले सीमित स्रोत साधानका बीच अस्पतालको सेवा गुणस्तरीय बनाउन प्रयासरत रहेको बताए ।

दरबन्दी अनुसारको स्वास्थ्यकर्मी नहुंनु, करारमा कर्मचारी भर्ना गर्नुपर्ने बाध्यता, सरकारबाट भुक्तानीमा ढिलाई आदि कारणले जनताले चाहेजस्तो सेवा प्रवाह गर्न कठिन भएको उनीहरुले सुनाए । तत्काल अस्पतालले सुधार गर्न सक्ने पक्षहरुमा ध्यान दिने प्रतिवद्धता समेत व्यक्त गरे । कोरोनाकालमा आम नागरिकको जीवन रक्षामा महत्वपुर्ण भुमिका खेलेसंगै भीम अस्पताललाई स्तरोन्नती गरी ५० शैयाको बनाउने सरकारले घोषणा गरेपनि उचित दरबन्दी नपठाउंदा संचालनमा समस्या परेको अस्पताल प्रशासनको भनाई छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!