मर्चवारमा भन्सारको टोली तस्करको घेरामा, नियन्त्रणमा लिएको गाडि समेत भगाए तस्करले

भैरहवा,
गोप्य सुचना पाएर तस्करीको गाडि नियन्त्रणमा लिन मर्चवार पुगेको भैरहवा भन्सार कार्यालयको टोलीलाई तस्करले घेरा हालि गाडि भगाएका छन् ।

रुपन्देहीको कोटहीमाई गाउंपालिका अन्तर्गत मकरी चोकबाट वेथरी रोड आउंदै गरेको एक गाडिमा भन्सार छलीको मटर दाना रहेको सुचना पाएर नियन्त्रणमा लिन पुगेको टोलीमाथि तस्करको समुहले आक्रमणको प्रयास गरी गाडि लिएर फरार भएको स्थानियले बताएका छन् ।

भन्सारको गाडि गाउं पसेको सुचना पाउने र तस्कर भाग्ने आशंकामा भारतीय नम्बर प्लेटको गाडि प्रयोग गरेर भन्सारको टोली घटना स्थल पुगेको भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमले बताए । भन्सारको टोली देख्ने वितिकै हातमा बांसका लाठि बोकेर तस्करहरु जम्मा भएका थिए । भन्सार टोलीले नियन्त्रणमा लिएको लु २ ख ९३१ नम्बरको गाडि तस्करको समुहले भगाएको छ ।

“सुचना नचुहियोस् भनेर हामीले भन्सारको सरकारी नम्बर प्लेटको गाडि समेत प्रयोग नगरी त्यहां पुगेका थियौं । तर हाम्रो गाडि देख्नासाथ तस्करहरु जम्मा भएर हामीमाथि प्रहार गर्न थाले सुरक्षाको कारणले कुनै मुडभेड नहोस् भनेर हामी त्यहांबाट निस्किन उचित ठानौं भन्सार प्रमुख गौतमले भने । ” मिसन हाम्रो जारी छ , कहिलेकांही असफल भएपनि तस्करलाई दवावमा राखिरहेका छौं उनले भने ।
अहिले प्रहरी युनिट परिचालन गरेर गाडि व्यापक रुपमा खोजी भईरहेको उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!