भैरहवा,
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन सिद्धार्थनगर कमिटीले नगरका ८ सय विद्यार्थीलाई एकै पटक सम्मान गर्ने भएको छ ।
अखिलले शनिवार भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरी सिद्धार्थनगरका विभिन्न १२ वटा विद्यालयबाट एसएलसी ( प्लस टु )उत्तीण विद्यार्थीलाई यही साउन ३२ गते भव्य कार्यक्रमकाबीच सम्मान गर्ने जनाएको हो ।
विद्यार्थीको मनोविज्ञानलाई अध्ययन गरी असल व्यक्ति बन्न प्रेरित गर्ने उद्देश्यले सम्मान कार्यक्रम गर्न लागिएको अनेरास्ववियु सिद्धार्थनगर कमिटीका अध्यक्ष के.एल.पाण्डेले जानकारी दिए । उनका अनुसार नगरबाट १२ कक्षा उत्तीण सबै विद्यार्थी, उत्कृष्ट नतीजा दिने विद्यालय समेत सम्मानित हुनेछन् ।
लुम्बिनी प्रेदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न हुने कार्यक्रममा सिद्धार्थनगरबाट १२ कलास उत्तीर्ण करीब ८ सय विद्यार्थी सम्मानित हुने अनेरास्ववियु लुम्बिनी प्रदेश कमिटीका अपाध्यक्ष विद्यार्थी नेता सरोज ठकुरीले जानकारी दिए । “उनले भने यस्ता कार्यक्रमहरुले विद्यार्थीलाई भविश्यको लागि हौसला मिल्नुका साथै सिद्धार्थनगरको शिक्षा क्षेत्रको प्रर्वद्धनमा समेत मद्दत पुग्छ । ” सम्मानित हुने विद्यार्थीहरुलाई विद्यालय मार्फत निमन्त्रणा गरिएको उनले बताए ।
कार्यक्रम सफल पार्नको लागि विभिन्न उपसमितिहरु बनाएर जिम्म्ेवारी दिईएको संजोग वस्यालले बताए ।
