३० औं विश्व आदिवासी दिवसको अवसरमा सिद्धार्थनगरका तिन स्रष्टा सम्मानित

भैरहवा,
३० औं विश्व आदिवासी दिवसको अवसरमा भैरहवामा भव्य कार्यक्रम सम्पन्न भएको छ । महासंघमा आवद्ध विभिन्न जातजातिका संघ संगठनहरुको सहभागितामा र्याली, विभिन्न समुदायको संस्कृति झल्किने खालका सांस्कृतिक कार्यक्रम समेत सम्पन्न गरिएको थियो ।

महासंघ नगर समितिका अध्यक्ष चन्द्र बहादुर राना मगरको अध्यक्षता, उपाध्यक्ष सुकमाया गुरुङ्गको स्वागत एवम् उपाध्यक्ष प्रेम  गुरुङ्गको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।  नेपाल आदिवासी जनजाति महासंघ नगर समन्व परिषद् सिद्धार्थनगरले भैरहवामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाका प्रमुख ईस्तियाक अहमद खानले दिवसको अवसरमा शुभकामना दिदै आदीवासीले नेपालको रक्षा गर्न महत्वपुर्ण भुमिका खेलेको स्मरण गरे । वनस्पति जोगाउन ठुलो भुमिका निभाएका सोझा जनजातिहरुले अब शिक्षाको माध्यमबाट देशको नेतृत्व गर्नुपर्ने उनले सुझाव दिए ।

सो अवसरमा महासंघ सिद्धार्थ नगर समितिले यहांका तिन साहित्यीक विधामा महत्वपुर्ण भुमिका खेल्ने व्यक्तित्वलाई सम्मान समेत गरेको छ । यसरी सम्मानित हुनेमा आदिवासी जनजातिको सांस्कृतिक महत्वसहित जातिय पहिचानका विषयमा खोज तथा अनुसन्धान मार्फत योगदान पुर्याएकोमा साहित्यकार विजय गोविन्द श्रेष्ठ, राम बहादुर श्रेष्ठ, उमेश थापा लाटो मगर सम्मानित भएका हुन । उनीहरुलाई दोसल्ला आढाएर सम्मान पत्रले सम्मान गरिएको थियो ।

कार्यक्रममा जानजाति समुदायबाट राज्यका विभिन्न पदमा सेवारत व्यक्तिहरुको अपस्थिति रहेको थियो । सोअवसरमा बोल्ने वक्ताहरुले आदिवासी जनजातिहरुको मौलिक अधिकारलाई नेपालको संविधानले उल्लेख गरेकोले यसको कार्यान्वयनमा ध्यान दिनु पर्नेमा जोड दिए । कार्यक्रमको संचालन उपाध्यक्ष प्रेम गुरुङ्गले गरेका थिए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!