लुम्बिनी,
आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड लुम्बिनी शाखाले शुक्रबार रक्तदान कार्याक्रम सम्पन्न गरेको छ ।
लुम्बिनी पर्सा चौराहमा आयोजित रक्तदानमा १७ जना रक्तदाताले रक्तदान गरेका थिए । सामाजिक उत्तरदायित्व अन्तरर्गत गरिएको कार्याक्रममा संस्थाका सदस्य एवम् अन्य व्यक्तिहरुले रक्तदान गरेका थिए ।
ईलाका प्रहरी कार्यालय लुम्बिनीका ईन्चार्ज प्रहरी निरीक्षक कञ्चन तामाङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्याक्रममा नेपाल रेडक्रस सोसाईटी रक्त संचार केन्द्र भैरहवाको प्राविधिक सहयोग रहेको थियो ।
रक्तदातालाई प्रमाणपत्र हस्तान्तरण गर्दै आरम्भ चौतारीका लुम्बिनी प्रदेश प्रमुख अमर नाथ सेढाईले संस्थाले वित्तीय क्षेत्रमा आम नागरिकको मन जित्दै सामाजिक कार्यमा समेत अग्रसर रहेको बताए । काभ्रेपलान्चोक प्रधान कार्यालय रहेको आरम्भको देशभर करीब एकसय पचास शाखाहरु रहेका छन् । आरम्भले शुक्रबार देशैभर रक्तदान कार्यक्रम गरेको सेढाईले बताए ।
कर्यक्रम प्रदेश प्रमुख सेढाईको अध्यक्षता एमव् आकास गौतमको संचालनमा कार्यक्रम संम्पन्न भएको थियो ।

