सम्झना शर्मा
भैरहवा, नेपाल भारत सिमानाका वेलहियामा एकीकृत भन्सार जाच केन्द्रको निर्माण कार्य दु्रत गतिमा आगाडि बढेको छ । निर्माण शुरु भएको १५ महिनामै फिल्डमा ५० प्रतिशत भन्दा बढी काम सम्पन्न भएको निर्माणको जिम्मा पाएको भारतीय सरकारी कम्पनी राईट्सका आयोजना प्रमुख नितिन श्रीवास्तवले जनाकारी दिए ।
उनका अनुसार राईटस् भारत सरकारको आधिकारिक डिजाईनर कम्पनी हो । सो कम्पनीले सरकारी आयोजनाको डिजाईन गरी निर्माणको काम अन्य कन्ट्रक्शनलाई दिने गर्छ । यतिवेला भैरहवामा निर्माणाधिन आईसिपीको निर्माणको ठेक्का भारतीय निर्माण कम्पनी वसिर मोहमद एण्ड सन्सले गरिरहेको उनले बताए ।
देशको दोस्रो ठुलो नाकाको रुपमा रहेको भैरहवा भन्सारलाई व्यवस्थित गरी एकिकृत जांचको लागि दुई वर्षमा काम सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गर्ने गरी सम्झौता गरिएको छ । नेपाल भारत सरकारबीच भएको सम्झौता अनुरुप गत २६ मे २०२३ मा काम सुरु गरेको निर्माण कम्पनीले १५ महिनामै १२ पटा विभिन्न भवनको ५० प्रतिशत काम सम्पन्न गरिसकेको आयोजना प्रमुख श्रीवास्तवले बताए ।
उनले भने “प्रशासनिक भवन, वयरहाउस, अध्यागमन, सुरक्षा भवन, क्वारेटिन भवन लगायतका विभिन्न १२ वटा भवनको तला ढलान समेत सम्पन्न गरिसकेको छ । ” यस्तै पार्कि¨को काम भने करीब ८० प्रतिशत सम्पन्न भएको उनले बताए । उनले भने “हामी समय अगावै काम सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गर्ने सोंचमा छौं ।”
नेपालगञ्ज, विरगञ्ज र विराटनगर भन्सार एकीकृत केन्द्रको निर्माण सम्पन्न गरिसकेको राईट्सले तिन ठाउंको अनुभवलाई यहां लगाउने मौका मिलेकाले भैरहवा भन्सार एकीकृत केन्द्र देशकै उत्कृष्ट बन्ने राईटसका आयोजना प्रमुख श्रीवास्तवले दावी गरे ।
भौतिक पुर्वाधारका सबै काम सम्पन्न गरी, फर्निसिङ्गसहितको चिटिक्क परेको आईसिपी राईटसले नेपाल सरकारलाई हस्तान्तरण गर्ने उनले बताए । तयारी अवस्थामा रहेको आईसिपीमा अन्य मेसिन जडान, खानेपानी, विद्युत व्यवस्थापन लगायत संचालनको जिम्मा नेपाल सरकारले लिनेछ । १ अर्व ६१ करोड ७५ लाख भारतीय रुपैंया लागतमा भारत सरकारको आर्थिक लगानीमा निर्माण गरिने यस आईसिपीमा एकै पटक ६ सय ५२ ट्रक आयात र २ सय ७० ट्रक निर्यात कार्गो पार्किङ्ग निर्माण गरिदैछ । आईसिपीको निर्माण संगै दैनिक ८ सयदेखि ८ सय ५० मालबाहक सवारी सहजै आवतजावत गर्न सक्नेछन् ।

कुल ३५.११ ह्ेक्टर क्षेत्रफल मध्ये २२.५४ हेक्टर क्षेत्रफल आईसिपीले ओगटेको छ । जसमा सिमासंग सम्बन्धित सबै भौतिक पुर्वाधार निर्माण गरिदैछ । भन्सारको लागि प्रशासनिक भवन, अध्यागमन भवन, सिमा सुरक्षा भवन, क्वारिन्टीन भवन, यात्रु तथा मालबाहक सवारी पार्किङ्ग, आयात निर्यात जोन रहने छन् । आईसिपी निर्माणसंगै सिमामा भा े ग्दैआईरहेको जाम हट्नुका साथै सवारीको ईन्धनमा वचत र सिमा शान्त, स्वच्छ हुने अपेक्षा गरिएको छ । जसका कारण सिमामा आवत जावत समेत सहज बन्ने छ भने खुल्ला सिमानाकाका कारण भईरहेको भन्सार राजश्व चुवावट नियन्त्रण हुने अपेक्षा गरिएको अन्नपुर्ण टर्मिनलस् प्रालिका भैरहवाका रवि पारिखले बताए ।
नेपाल भारत दुवै देशतर्फ एकै पटक आईसिपी निर्माणको काम गर्ने लक्ष्य रहेपनि जग्गा अधिग्रहणमा ढिलाई हुंदा भारतर्फको काममा केही ढिलाई भएको थियो । हाल दुबैतर्फ काम भईरहेको भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमले जनाए । १८ वर्ष अघि आईसिपि निर्माण गर्ने संझौता भारतसंग भए पनि राज्यको उदासिनताका कारण गत वर्षबाट मात्रै निर्माण सुरु भएको हो ।
पार्किङ्ग, यार्ड, गोदाम, सेडघरको अभाब रहेको भैरहवा भन्सार कार्यालयमा अहिले भन्सार परिसरमा रहेको पार्किङ्ग, निकै साघुरो छ । हाल दैनिक ३ सय देखि तिन सय ५० मालबाहक ट्रक एवं अन्य साधनहरु भन्सार प्रबेश गर्छन, स्थाई, अस्थाई पार्किङ्गमा राख्नुको बिकल्प छैन । पार्किङ्ग, अभाबले कतिपय ट्रकहरु भारतीय भूमिमा दश पन्ध किलोमिटर सम्म लाईन हुने गरेको छ । जुन कारणले गर्दा नेपाली आयातकर्ताहरुले ढुवानी बापतको अतिरिक्त शुल्क बुझाउनु परेको छ ।
भैरहवा भन्सार कार्यालय परीसरमा ट्रक बाट साामन निकालेर राख्ने गोदाम घर, सेड, पर्याप्त पार्किङ्ग, लगायत सुबिधा नहुदा चेक जाच नभए सम्म सामानहरु ट्रकमै राख्नु पर्ने बाध्यता रहेको छ । पहिलो पटक नेपाल भारत बिच हुने आयात निर्यात सहज रुपमा गराउने उद्धेश्यले सन् २००७ मा आईसिपि निर्माणका लागी दुई देश बिच हस्ताक्षर भएको थियो ।
