नेपाल राष्ट्रिय अभिभावक संघ सिद्धार्थनगरको अध्यक्षमा उमा काफ्ले

भैरहवा,   नेपाल राष्ट्रिय अभिभावक संघ, सिद्धार्थनगर, रुपन्देहीको अध्यक्षमा उमा काफ्ले चयन भएकी छन् । संघ सिद्धार्थनगरको प्रथम अधिवेशनबाट काफ्लेको अध्यक्षतामा १३ सदस्यीय कमिटी चुनिएको हो । अधिवेशनबाट सबै पदाधिकारी र सदस्यहरु सर्वसम्मत चयन भएका हुन् ।

काफ्ले सिद्धार्थनगर नगरपालिकाकी निवर्तमान उपप्रमुख समेत हुन् । सिद्धार्थनगर–७ निवासी उनी विभिन्न सामाजिक संघसंस्थामा रहेर सफलतापूर्वक नेतृत्व गरिसकेकी छन् । लामो सामाजिक इतिहास बोकेकी काफ्लेलाई अध्यक्षमा चयन गर्न पाउँदा खुशी लागेको सदस्यहरुको प्रतिक्रिया छ ।

संघको उपाध्यक्षमा अर्जुन गौतम, सचिवमा फणीन्द्र पौडेल, सहसचिवमा तारापति भण्डारी, कोषाध्यक्षमा कमला थापा, सहकोषाध्यक्षमा दर्पण श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । यस्तै, सदस्यहरुमा रामबहादुर बस्नेत, सुनिल पुन, गुरुचरण प्रजापती, बिजय धवल, शैलेन्द्र यादव, दुर्गाबहादुर बिक र अमृत अधिकारी चयन भएका छन् ।

अध्यक्ष निर्वाचित भएपछि काफ्लले आफ्नो कार्यकालमा सबै पदाधिकारी र सदस्यहरुलाई साथमा लिएर रचनात्मक काम गर्ने जनाइन् । नेपाल राष्ट्रिय अभिभावक संघ, रुपन्देहीका अध्यक्ष भोजबहादुर बुढाथोकीले काफ्लेले नेतृत्वले नगरका सकारात्मक उर्जा भर्ने गतिविधि गर्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!