भैरहवा, लायन्स क्लब अफ सिद्धार्थनगरले भैरहवामा आयोजना गरेको डायवेटिज मेघा क्याम्पमा दुई सय वढी व्यतिmहरुले निशुल्क डायवेटिज तथा अन्य रगत जांच गराएका छन् ।
डायवेटिजका कारण व्यतिmको आंखा, किड्नी, मुटुजस्ता शरिरका महत्वपुर्ण अंगमा दीघकालिन असर पार्ने हुंदा यसको नियमित परीषण तथा नियमित औषधी सेवन आवश्यक रहेको सचेतना जगाउनका लागि क्याम्पको आयोजना गरिएको कार्यक्रम संयोजक कृष्ण प्रसाद घिमिरेले जानकारी दिए ।

प्रत्यक्ष रुपमा दुई सय जनाले लाभ लिएपनि यसको माध्यमबाट ति दुईसय जनाको परिवार, आफन्तमा सचेत रहन मद्धत पुग्ने उनले बताए ।
आंखा स्वास्थ्यलाई प्राथमिकतामा राखेर सामाजिक काम गर्दै आईरहेको लायन्स क्लबले डायवेटिजका कारण आंखामा नकारात्मक असर पुग्ने हुंदा शरिरलाई स्वस्थ राख्न सुगर सामान्य अवस्थामा राख्नु पर्ने कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब अफ ३२५ पि टु का डिष्ट्रिक गभरर्नर लायन पुरुषोत्तम भक्त प्राधाना¨ले बताए । यसकारण डायवेटिजलाई प्राथमिकता दिन आवश्यक रहेको महसुस गरियो उनले भने । लायन्सले औपचारिकतामा भन्दा बढी ध्यान सामाजिक कार्यमा दिनुपर्ने सुझाव समेत दिए ।
मेघा क्यापमा विशेषज्ञ सेवा प्रदान गर्न काठमाडौंबाट सहभागी भएकी डायवेटिज रोज विशेषज्ञ डा. स्वयता अग्रवालले व्यक्तिको खानपान, सक्रिय दैनिकी, व्ययाम, नियमित चेकजांच, तनावमुक्त जिवन र नियमित औषधी सेवनबाट सुगर सामान्य अवस्थामा राख्न सकिने सुझाव दिईन् । प्राण घातक रोगको सुरुवात डायवेटिजकै कारणले हुने हुंदा यसमा ध्यान दिनुपर्ने बताईन् ।
सिटी अस्पताल भैरहवाका अध्यक्ष मृगौलारोग विशेषज्ञ डा.सुवोध कुमार पाण्डयले किड्नीलाई सुरक्षित राख्न सुगर कन्ट्रोलमा ध्यान दिन सुझाव दिए ।
विभिन्न सामाजिक काम गर्दै आईरहेको लायन्स क्लब अफ सिद्धार्थनगरले आगामी दिनमा समेत आर्थिक विपन्नता भएका व्यतिm वा समुदायलाई लक्षित गरी विभिन्न सचेतनाका कार्यक्रमहरु गर्ने अध्यक्ष अर्जुन पौडेलले जानकारी दिए ।
रघु खनालको संचालन, नारायण आचार्यको आस्थापाठ, कार्यक्रम संयोजक कृष्ण प्रसाद घिमिरेको स्वागतमा क्यामको औचारिक कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा लायन्स क्लब अफ डिष्ट्रि«क ३२५ पि टु का संस्थापक पिडिजी नवराज पौपाने, प्रथम उपाध्यक्ष वलराम भट्टराई, द्धितीय उपाध्यक्ष सन्दिप कशौधन, लायन्सका अग्रज धर्मराज श्रेष्ठ, नन्दलाल गोयनका, विपत उद्धार तथा व्यवस्थापन संयोजक मिना पन्थी, रुपमा हिराचन, नेत्र आचार्य, संगम न्यौपाने, गणेश बहादुर क्षेत्री, दुर्गा आचार्य, लगायत लायनसका पुर्व अध्यक्षहरु, पदाधिकारी, सदस्यको उपस्थिति रहेको थियो ।
