भन्सारको टोलीद्धारा ट्रक सहित १ सय ६२ बोरा चिनी बरामद

भैरहवा, भैरहवा लुम्बिनी रोडस्थित यादवचोक भित्रबाट ट्रक सहित १ सय ६२ बोरा चिनी बरामद भएको छ ।
भन्सार छलेर अबैधरुपमा भित्र्याईएको उतm परिमाणको चिनी आसपास गोदामबाट लोड गरेर बाहिर निकाल्ने क्रममा भैरहवा भन्सार कार्यालयको टालीले बरामद गरिएको प्रमुख भन्सार अधिकृत नारद गौतमले जानकारी दिए ।
उनका अनुसार गोप्य सुचनाको आधारमा तोकिएकै स्थानबाट चिनी लोड गरी ट्रक निस्किदै थियो । भन्सारको टोली पुगेको सुचना पाउनासाथ चालक फरार रहेका छन् । लोडेड ट्रकलाई बाहिरबाट मेकानिकको सहारामा भन्सार कार्यालय पुर्याईएको थियो ।
उनका अनुसार ट्रकमा ८ हजार १ सय केजी चिनी, महोत्तरीमा रहेको सुगर मिलका २ सय खाली बोरा, तौल मेसिन समेत बरामद गरिएको छ । ट्रक, चिनी र अन्य सामानको मुल्य करीब १३ लाख रहेको प्रमुख गौतमले बताए ।
पछिल्लो समय भन्सार छलेर नेपाल भित्र्याई सामान गोदाम गर्ने र विस्तारै बजारमा पठाउने तस्कर गीरोह सक्रिय भएको सुचनाका आधारमा भन्सार प्रमुख नारद गौतम आफै फिल्डमा खटिएका छन् । केही समय अघिमात्र भैरहवाको व्यस्त ठाउं मानिने बुद्धचोक पुर्व कठौतियामा रहेको गोदाममा छारा मारेर ठुलो परिमाणमा अबैध सामानहरु बरामद गरिएको थियो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!