विस्थापित हुदै उद्योगी, एक वर्षमा ४ सय २ वटा उद्योग व्यवसाय बन्द

भैरहवा । आर्थिक मन्दीको प्रभावले रुपन्देहीमा एक वर्षको अवधिमा चार सय २ वटा घरेलु तथा साना उद्योग बन्द भएका छन् । आर्थिक वर्ष २०८०/८१ मा विभिन्न कारणा देखाउदै ३ सय ५४ उद्योग र ४७ ब्यावसायीक फर्मले घरेलु तथा साना उद्योग कार्यालयबाट लगतकट्टाले गरेका हुन ।

कोभिड–१९ को असरसँगै लगत कट्टा गराउनेको संख्या बढ्दै गएको छ । संचालकहरुले आर्थिक मन्दीका कारण घरभाडा, कर्मचारी तलव, बैक किस्ता समयमा भुक्तानी गर्न नसक्दा , बैंकको ब्याज वृद्धि हुनु, आर्थिक तरलतालगायत कारणले उद्योग तथा वाणिज्य फार्म बन्द गर्नुपरेको बताएका छन । जिल्लामा व्यवसायी विस्थापित हुने क्रम बढ्दै गएपछि यी फर्मले लगतकट्टा गरेको घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीका उद्योग अधिकृत नेत्र प्रसाद भुसालले बताए । उनका अनुसार बन्द हुनेमा उद्योगभन्दा वाणिज्य फार्म बढी रहेका छन् । धमाधम उद्योगहरु बन्द हुदा यस्को असर सबैतिर परेको छ ।

साना स्वरोजगार हुने उद्योगहरुमा आर्थिक मन्दी बढि परेको छ, ती उद्योगहरु बढि खारेज गर्न कार्यालय आउने गरेको पाएका छौ । खासगरि साना उद्योगहरु जुन घरपरिवारका सदस्यहरु स्वरोजगार हुने किसिमबाट खोलिएका थिए अधिकाम्श तिनै उधोगहरु बन्द हुने गरेको उद्योग अधिकृत भुसालले बताए । ३ लाख देखि एक करोड लागत भएको यि उधोग ब्यावसाय बन्द हुदा करिव एक हजार पांच सय जनाको रोजगारी खोसिएको अनुमान गर्न सकिन्छ ।

अहिले नयाँ उद्योग तथा व्यवसाय फर्मको दर्ता गर्दा स्थानीय पालिका मार्फत पाँच लाखसम्मको उद्योग वा व्यापारिक फर्महरु दर्ता हुने व्यवस्था भएकोले पनि यस कार्यालयमा साना उद्योगको दर्ता घटेको छ । अघिल्लो आर्थिक बर्ष २०७९/०८० मा २ सय ५२ उद्योग र १५ वटा ब्यावसाय गरि २ सय ८५ वटा उद्योग ब्यावसाय बन्द भएकोमा गत बर्षको तुलनामा एक सय १७ वटा बढी उद्योग बन्द भएकोे छ ।

रोजगारी गुमेको छ भने व्यवसाय बन्द भएपछि बजारका व्यावसायिक सटरहरु पनि खाली भएका छन् । कैयौँ उद्योगी व्यवसायी विस्थापित समेत हुन पुगेका छन् ।

रुपन्देहीमा ८ सय ३७ उधोग र १२ सय ८९ बाणिज्य फर्म गरि २१ सय २६ उधोग ब्यावसाय दर्ता छन् । दर्ता भएका ८ सय ३७ उधोगहरु दुई अर्ब ३० करोड ९४ लाख ७४ हजार ६ सय ९८ रुपैया लगानी रहेको छ । त्यसैगरी १२ सय ४४ बार्णिज्य फर्ममा २० करोड ७८ लाख ६० हजार लगानी रहेको छ ।

बन्द हुने उद्योगमा उत्पादनमूलक, कृषि तथा वन, सेवामूलक लगायतका बढि छन भने वाणिज्यतर्फका किराना, फेन्सी, हार्डवेयर, कपडा, कस्मेटिक, इलेक्ट्रीक,मोबाइल कम्प्युटर, मदिरा र विविधका फर्महरु बन्द भएको कार्यालयले जनाएको छ ।

कोरोनाकालपछि असहज स्थिति बन्दै गएपछि उद्योगधन्दा खुल्ने क्रम घटी बन्द हुने बढेको छ । आर्थिक स्थिति असहज बनेपछि साना उद्योग र वाणिज्य फर्म नवीकरण नभएर बन्द हुन पुगेको छ ।

सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले राज्यको नितिगत कारण, झन्झटिलो प्रक्रिया, आर्थिक मन्दी, कामदार नपाउने र चलिरहेको उद्योगको उत्पादनमा कमि आएकोले उद्योगी–व्यवसायीले आफ्नो फर्म बन्द गर्न बाध्य भएको बताए । उद्योग र व्यापारिक फर्मको संख्या घट्नु भनेको निजि क्षेत्र धरासायी हुदै गएको हो, यो चिन्ताको विषय हो । तिन तहको सरकार भएको मुलुकमा एउटा साना उद्योगका लागि ३ ठाउमा दर्ता गर्नुपर्ने, ३ ठाउमा कर तिर्नुपर्ने झन्झटिलो प्रक्रिया एकातर्फ छ भने बजार संकुिचत भएकोले उपभोक्ता र उत्पादनमा कमि आयो यो रुपन्देहीमा मात्रै होइन नेपाल भरि नै कै अवस्था रहेको उद्योग वाणिज्य संघका अध्यक्ष श्रेष्ठले बताए ।

उत्पादनमुखी गराउनुमा सहुलियत दिनुको साटो राज्य आयतमुखी भएकोले भन्सारलाई नै प्रमुख स्रोतको रुपमा मानेको छ । सरकारले ठूलो कुरा गर्नुपर्ने छैन निजि क्षेत्रले राखेका स साना कुरा मात्रै सम्बोधन गरे यो अवस्था आउने छैन । मौद्रिक नितिलाई उद्योग र व्यवसाय मैत्री बनाउनु पर्ने आवश्यक छ नयाँ बनेको सरकारले केही गर्छ भन्ने आशा रहेको अध्यक्ष श्रेष्ठले बताए ।

कार्यालयमा दर्ता हुन आउने उद्योगहरु अधिकांश महिलाका नाममा दर्ता हुने गरेका छन् । राजस्वमा ५० प्रतिशत छुट हुने भएकाले महिलाका नाममा दर्ता गर्नेहरुको संख्या भने बढेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!