भैरहवा, सुगर अथवा चिनी रोग अहिलेको अवस्थामा सबै उमेरका व्यतिmहरु यसको जोखिममा छन् । सुन्दा सामान्य मानिएपनि सुगर रोगले पार्न सक्ने दीर्घकालिन असर भने घातक हुनसक्छ । यसै कुरालाई मध्येनजर गर्दै यस क्षेत्रका नागरिकलाई लक्षित गरेर लायन्स क्लब अफ सिद्धार्थनगरले भैरहवामा निःशुल्क डायवेटिज (मधुमेह) मेगा क्याम्प संचालन गर्ने भएको छ । साउन १८ गते यहाँंस्थत सिद्धार्थनगर सिटी हस्पिटल प्रालि परिसरमा क्याम्पको आयोजना गरिने क्लबले जनाएको छ ।
क्लबले काठमाडौंकी बरिष्ठ सुगर (मधुमेह) रोग विशेषज्ञ डा.स्वेता अग्रवाललाई भैरहवा ल्याएर क्याम्प गर्न लागेको कार्यक्रम संयोजक कृष्णप्रसाद घिमिरेले जानकारी दिए । ‘डा.अग्रवाललाई भैरहवा ल्याएर हामीले सुगरमा फोकस गरेर जांच तथा परामर्श सेवा दिन लागेका हौं, यसबाट धेरै भन्दा धेरै भैरहवाबासी र आसपासका नागरिकले सेवा लिनुहुनेछ भन्ने हाम्रो अपेक्षा छ’, कार्यक्रम संयोजक घिमिरेले भने ।
उनले साउन १८ गते बिहान ८ बजेदेखि बेलुकासम्म क्याम्प संचालन हुने बताए । सेवा लिनका लागि अग्रिम नाम दर्ता गर्न पनि क्लबले आग्रह गरेको छ । सिटी अस्पताले क्याम्प संचालन प्राविधिक सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पतालले विभिन्न क्षेत्रकाम निःशुल्क सेवा प्रवाह गरिरहेको छ । निशुल्क सेवा लिनको लागि नागरिकहरु उत्सुक रहेको र अग्रिम नाम दर्ता गराईरहेको कार्यक्रम संयोजक घिमिरेले जानकारी दिए । सकेसम्म धेरै व्यतिmले उतm क्यामबाट सेवा लिन सकुन भन्ने आफुहरुको उद्देश्य रहेको उनले बताए ।
क्याम्पमा निःशुल्क सुगर तथा अन्य रगत जांच, सुगरको निःशुल्क औषधि वितरण, आवश्यक परेमा मुटु रोग विशेषज्ञद्वारा निःशुल्क जांच तथा परामर्श, आवश्यकताका आधारमा थाइराइडको निःशुल्क जांच तथा परामर्श सेवा उपलब्ध गराइने कार्यक्रम संयोजक घिमिरेले जनाए । ‘विशेषज्ञ चिकित्सक नै ल्याएर सेवा दिन लागिएकाले सबैलाई सहभागी भई आफ्नो स्वास्थ्यबारे सजगता हुन हामीले अनुरोध गरेका छौं’, लायन्स क्लब अफ सिद्धार्थनगरका अध्यक्ष तथा सिटी हस्पिटलका प्रबन्ध निर्देशक अर्जुन पौडेलले भने । उनका अनुसार यो शिविरलाई वृहत रुपमा संचालन गर्ने र दुई सय माथि नागरिकहरु प्रत्यक्ष लाभ लिन सकुन भन्ने लक्ष्य राखिएको बताए । क्लबले विगत लामो समयदेखि विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको छ ।
