स्वर्गीय रिता रानाको सम्झनामा बालगृहलाई खाद्यान्न सहयोय

भैरहवा, सिद्धार्थनगर ९ निवासी स्वर्गीय रिता रानाको १३ औं दिनको तिथिमा माईति परिवाले वाल गृहलाई खाद्यन्न सहयोग गरेकोे छ ।
रिताकी आमा विष्णु कुमारी राना, दिदी सरिता राना,  दाई चीन राना,  विष्णु राना बुहारी शकुन्तला राना भाइ सन्तोष रानाले भैरहवा लुम्बिनी रोड स्थित सिद्धार्थ वालगृहलाई चामल, दाल, तेल तथा अन्य दैनिक उपभोग्य वस्तुहरु हस्तान्तरण गरे ।
वहिनीको क्यान्सरका कारण अल्पायुमै निधन भएको पीडाका बीच उसको आत्मा शान्तिको कामना गर्दै बालगृहलाई खाद्यन्न सहयोग गरेको दिदी सरिता रानाले जानकारी दिईन् ।
सामग्री बुधबार गृहका संचालक विष्णुमाया गुरु¨लाई हस्तान्तरण गरिएको हो । लामो समयदेखि क्यान्सर रोगसंग लडिरहेकी आफ्नी बहिनीको मृत्युले परिवारमा असहीय पीडाबोध भएको रानाले बताईन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!