लुम्बिनीका मुख्यमन्त्री सहित ९ मन्त्रीकाे सपथ ग्रहण, मुख्यमन्त्रीले गरे पदभार ग्रहण

भैरहवा । लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री चेतनारायण आचार्य सहित ९ जना मन्त्रीले पद तथा गोपनियताको दपथ ग्रहण गरेका छन। बुधबार लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री आचार्य र ८ जना बिना बिभागिय मन्त्रीको रुपमा सपथ ग्रहण गराएका हुन।

काङ्ग्रेसबाट गुल्मीका धनेन्द्र कार्की, प्यूठानका सरोज थापा, दाङका प्रचण्डविक्रम न्यौपाने र बाँकेका बादशाह कुर्मी तथा नेकपा एमालेबाट रुपन्देहीका भुमिश्वर ढकाल, गुल्मीका दिनेश पन्थी, पाल्पाका खेम बहादुर सारु र दाङकी शिता शर्माले बिना बिभागिय मन्त्रीको रुपमा सपथ ग्रहण गरेका छन।

काङ्ग्रेस प्रमुख सचेतक जन्मजय तिमिल्सिनाको नेतृत्वमा सरकारमा जाने भनिएपनी अन्तिम समयमा तिमिल्सिनाको नाम काटिएको हो।  १२ मन्त्रालय रहेको लुम्बिनीमा बाकी मन्त्रालय साना दललाई दिने दुई दलबीच सहमति भएको छ।

आचार्य सोमबार एमालेका २९ र काङ्ग्रेसका २७ जनाको गरि ५६ जनाको हस्ताक्षर सहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। प्रदेश प्रमुख शेरचनले सोमबार नै आचार्यलाई मन्त्री नियुक्त गरेका थिए।

यसैबिच लुम्बिनी प्रदेशका नव नियुक्त मन्त्री चेतनारायण आचार्यले पदभार ग्रहण गरेका छन । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय राप्ती उपत्यका देउखुरीमा पदभार ग्रहण गर्दै मुख्यमन्त्री आचार्यले सुशासन प्रबर्द्धन र भष्ट्राचार न्यूनिकरणका लागि पाँच बर्षे रणनीतिक कार्ययोजना लागू गर्ने निर्णयमा हस्ताक्षर गरेका छन ।

राजनीतिक अस्थिरता अन्त्य गर्दै वर्तमान गठबन्धन सरकार सुशासन कायम गर्न, प्रदेशको औचित्य पुष्टि गर्नेगरि काम गर्न प्रतिबद्द रहेको बताए । यो गठबन्धन सरकारलाई असफल हुने छुट नभएको भन्दै मुख्यमन्त्री आचार्यले जनताले प्रदेश सरकारको अनुभुती गर्नेगरी काम गर्ने बताए ।

केही दिनभित्र मन्त्रीहरुको कार्यविभाजन गर्ने र मन्त्रिपरिषदलाई पूर्णता दिने जानकारी गराए । पदभार ग्रहण पछि प्रमुख सचिव, सचिव तथा कर्मचारीहरु संग छलफल गर्दै मुख्यमन्त्री आचार्यले उच्च मनोबलका साथ जनताको पक्षमा काम गर्न निर्देशन दिए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!