हरेक क्षेत्रमा देखिएका समस्या समाधान सरकारले गर्छ ः प्रधानमन्त्री ओली

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र नेपालीको इतिहास गर्व गर्न लायकको रहेको बताएका छन् ।
इन्जिनियर दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले देशको इतिहास प्रशंसा लायक भए पनि अहिलेको अवस्था भने त्यति राम्रो नभएको बताए ।

देशलाई अहिलेको बिग्रिएको अवस्थाबाट उज्यालो तर्फ लैजानु आजको आवश्यकता रहेको प्रधानमन्त्री ओलीले बताए । सरकार देशमा देखिएको समस्या समाधान गर्न लागिपरेको स्पष्ट पारे । ‘आज सन्तोष मान्ने र खुसी हुने अवस्था छैन, यस अवस्थालाई हामीले बदल्नै पर्छ’, ओलीले भने ।

अहिले देशको अवस्था जस्तो भए पनि देशको भविष्य भने उज्वल भएको भन्दै प्रधानमन्त्री ओलीले विद्यार्थीलाई आश्वस्त पारे । यसमा कुनै शंका नगरी देश निर्माणको काममा लाग्न ओलीले आग्रह गरे । ‘देश र इतिहास प्रशंसा गर्न लायक छ, हाम्रो गौरवपूर्ण इतिहास छ, भविष्य उज्वल छ’, उनले भने । ओलीले इञ्जिनियर देश बनाउने हात भएकोले देश निर्माणको काममा सहयोग गर्न आग्रह गरे । उनले समस्या खोज्ने होइन समाधान गर्दै जानुपर्नेमा जोड दिए । प्रधानमन्त्री ओलीले सरकाले हरेक क्षेत्रमा देखिएका समस्या समाधान गर्दै अघि बढ्ने प्रतिबद्धता व्यतm गर्दै यसमा ढुक्क हुन समेत आग्रह गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!