चर्को पार्किङ शुल्कका कारण सेवाग्राही मर्कामा

उडान आन्तरिक , शुल्क अन्तराष्ट्रिय

 भैरहवा, गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवाको पार्किङ  शुल्क अत्यधिक वृद्धि भएपछि सेवाग्राही मर्कामा परेका छन् ।
विमानस्थल स्रोतका अनुसार विगतको तुलनामा पार्किङ शुल्क अप्रत्यासित वृद्धि गरिएको छ । विमानस्थलको स्तरोन्नतीसंगै अन्तराष्ट्रिय निर्देशिका अनुसार पार्किङ शुल्कमा भारी वृद्धि गर्न वाध्य भएको विमानस्थलका अधिकृत संजिव ज्ञवालीले बताए ।

उनका अनुसार विमानस्थल अन्तराष्ट्रिय भएसंगै विमानस्थलमा अन्तराष्ट्रिय उठान हुन नसकेपनि पार्किङ  विमानस्थलभित्रका पसलहरुको भाडा, विज्ञापनको शुल्क निकै बढेको छ । यसअघिको मापदण्ड अनुसार प्रतिवर्गमिटर विज्ञापनको लागि ५ सय रुपैंया शुल्क थियो भने अहिले वृद्धि भई ५ हजार रुपैंया बनाईएको छ । जसका कारण विज्ञापनदाता तथा पसल संचालक, सेवाग्राही सबैलाई गाह्रो भएको छ ।

विमानस्थलभित्र संचालनमा रहेका विभिन्न पसल स्थलको भाडा समेत निकै वृद्धि भएको छ । जसका कारण विमानस्थललाई आधार बनाएर लगानी गरेका लगानीकर्ता थप मारमा परेका छन् ।  “निर्देशिका अन्तराष्ट्रिय मापदण्ड अनुसार भयो तर विमान संचालन आन्तरिक मात्र हुंदा असजिलो भयो हामीले केही समयका लागि निर्देशिका शंसोधानका लागि माथि अनुरोध समेत गरेका छौं । ” अधिकृत ज्ञवालीले भने । उनका अनुसार विमानस्थल पार्किङका लागि भैरहवामा रहेको ईब्राईम कन्ट्रक्शन एण्ड सप्लार्यस प्रा.लिले वार्षिक २४ लाख ८२ हजार ५ सयमा सम्झौता गरिएको छ । जुन विगतको तुलनामा करीब ३ सय प्रतिशतले बढी हो ।
“विमानस्थलको स्तरोन्नती अनुसार पार्किङ शुल्क निर्धारण गर्दा स्वभाविक रुपमा महंगो पर्न गयो यो हाम्रो वाध्यात्मक अवस्था हो । अधिकृत ज्ञवालीले भने । निर्देशिका अनुसार न्युनतम् रकम २४ लाख ८२ हजार रहेको छ । “तिन पटक सम्म ठक्का निकाल्दा पनि कसैको निवेदन गरेन महंगो भयो भनेर सबै पछि हटे । अन्त्यमा एउटा कम्पनी रेडि भयो र सम्झौता गर्यौं उनले भने ।

विमानस्थलभित्र तोकिएको पार्किङमा सवारी पार्क गर्ने सवारी धनीले मोटर साईकल स्कुटी लगायतका दुई पांग्रे सवारी साधन पार्किङ  गर्दा प्रति घण्टाको ३० रुपैंया ठेकेदार कम्पनीलाई भुक्तानी गर्नुपर्छ । जुन यस अघि रु ५ रुपैंया प्रति घण्टा थियो । यस्तै कार भ्यान लगायतका साना चार पांग्रे सवारी साधानका लागि प्रतिघण्टा ६० रुपैंया, हल्का सवारी जस्तै मिनि ट्रक जस्ता लोडेड सवारीहरुले प्रतिघण्टा ८० रुपैंया शुल्क तिर्नुपर्छ भने ठुला सवारी वस लगायतले प्रतिघण्टा १ सय २० रुपैंया शुल्क तिर्नुपर्ने हुन्छ । जुन विगतको तुलनामा निकै महंगो हो ।

यसअघिको सम्झौता अनुसार ठेक्दार कम्पनीले वार्षिक ९ लाख विमानस्थललाई पार्किङ वापत बुझाउंदै आएको थियो । कम रकममा ठेक्का सम्झौता भएकै कारण साना दुई पांगे्र सवारीका लागि रु ५ रुपैयां, कार,जीपका लागि १० रुपैंया, हल्का सवारी २० पैंया र ठुला सवारीका लागी ४० रुपैंया प्रतिघण्टा तोकिएको थियो ।
उतm ठेक्काको सम्झौता समाप्त भएसंगै २०८० जेठ १० गतेदेखि फागुन ससान्तसम्मको अवधिमा पार्किङ निशुल्क रह्यो । २०८० चैतमा एक वर्षको लागि ठेक्का सम्झौता गरिएको छ । सम्झौता अनुसार सरकारी, प्राधिकरण, एम्बुलेन्स, सव वाहन, फायर जस्ता आकस्मिक सवारीहरुलाई पुर्णत निशुल्क पार्किङको सुविधा रहेको छ । शुल्क अत्यधिक वृद्धि हुंदा ठेकेदार कम्पनीलाई समेत केही समय निकै कठिन भएको ठेकेदार कम्पनी ईब्राईमका अध्यक्ष मुस्तफाले गुनासो गरे ।

उनले भने “हामीले तोकेको शुल्क होईन् विमानस्थलले तोकेको शुल्क उठाउन पनि केही समय गाह्रो भयो जिल्ला प्रशासनसम्म जानुपर्यौ तर अब भने सबैले बुझिसक्नुभयो । ” ठेक्का नै महंगो भएको उनले बताए । आन्तरिक उठान नियमित हुंदा राम्रै शुल्क उठेपनि जाडो महिनामा विमान आउन नसक्दा आम्दानी नहुने ठेकेदार कम्पनीका मुस्तफाले बताए । उनका अनुसार अहिले दैनिक दुई सय दुई पांग्रे सवारी मोटरसाईकल, स्कुटरले पार्कि¨ गर्ने गरेका छन् । यस्तै सय बढी कार पार्किङका लागि आउने गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!