लुम्बिनी शिक्षा निकेतनद्वारा एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान

भैरहवा , लुम्बिनी शिक्षा निकेतनले एसईई परिक्षामा उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गरेको छ । रुपन्देहीको मायादेवी ४ मा अवस्थित विद्यालयले एक कार्यक्रमका बिच विद्यार्थीहरुलाई सम्मान गरेको हो ।

सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रेस क्लबका अध्यक्ष सम्झना शर्माले विद्यार्थीहरुलाई कक्षा ११ पढ्नका लागि टाढा नजान आग्रह गरिन । अहिले सम्म अभिभावकको छायामा रहेर पढे जस्तै अबको कक्षा १२ बिद्यालय शिक्षानै भएकोले २ वर्ष माध्यमिक शिक्षा सम्म अभिभावकको नजरमा रहेर पढ्नु पर्ने बताइन । उनले असल व्यक्ति र नागरिक बन्न कसरी सकिन्छ अबको ध्यान त्यस तर्फ दिनुपर्ने बताउदै आफ्नो क्षमता अनुसार काम गरेर लक्ष्यमा सजिलै पुग्न सकिने बताइन ।

सो अवसरमा बोल्दै विशिष्टि अतिथि विद्यालयका अध्यक्ष गोविन्द ज्ञवालीले विद्यालयले लुम्बिनी र मायादेवी क्षेत्रबाट उत्कृष्ट नतिजा ल्याएको बताए । अभिभावकको विद्यालयप्रतिको विश्वास, लगनशील शिक्षक र विद्यालयको अथक प्रयासले नतिजा राम्रो आएपनि अब विद्यार्थीहरुले अनुशासनमा रही सिकेका कुरा बाहिर देखाउनु पर्ने जरुरी रहेको बताए । एसईई पश्चात् भविश्यकोे शुरुआत हुने भएकोले विषय छान्दा साथीभाईहरुको लहलहै भन्दा पनि स्वबिबेक, क्षमता र आफ्नो रुचि अनुसार अध्ययन गर्र्नुपर्ने सुझाव दिए ।

विद्यालयका संचालक शक्तिधर यादवले शिक्षक,अभिभावक र विद्यार्थी त्रिपक्षले गरेको मिहेनतको कारण उत्कृष्ट नतिजा आएको बताउदै एसईई शिक्षाको जगभएकोले विद्यालर्थीहरुमा नयां चुनौतीहरु थपिदै जाने बताए । उपस्थित शिक्षक, अभिभावक, अतिथिहरुले सम्पूर्णलाई बधाई दिदै बिगतदेखि नै उत्कृष्ट नतिजा ल्याउन सफल यस स्कुललाई आगामी दिनमा अझै उत्कृष्ट हुन शुभकामना सहित विद्यार्थीहरुलाई उज्जवल भविष्यको शुभकामना व्यक्त गरे । विद्यार्थीको सिकाइ समाजले पनि मुल्यांकन गरिरहेको हुन्छ भन्दै विद्यार्थीहरुलाई ब्यवहारिक ज्ञानमा ध्यान दिनु पर्ने बताए ।

सो अवसरमा आफ्नो विद्यालय जीवनको अनुभव सुनाउंदै विद्यार्थी सुप्रिया मिश्राा, शैलेन्द्र कुमार यादवले विद्यालयका सबै शिक्षकहरुप्रति सम्मान व्यतm गरे । विद्यालय, शिक्षक र विद्यार्थीबीचको पारिवारिक वातावरणकै कारण आफुहरु सफल भएको भन्दै खुशी व्यतm गरे ।
२०६३ सालमा स्थापित विद्यालय लुम्बिनी क्षेत्रबाट उत्कृष्ट नतिजा ल्याउदै आएको छ । कार्यक्रममा एसईई उत्तीर्ण विद्यार्थीहरुलाई मायाको चिनो दिएर सम्मानित गरेको थियो ।

२०७१ सालबाट एसएलसीमा सहभागी गराउदै आएको विद्यालयले शैक्षिक सत्र २०८० मा ४६ जनालाई सहभागी गराएको विद्यालयका प्रबन्ध निर्देशक पिताम्बर न्यौपानेले बताए । विगतमा पनि उत्कृष्ट नतिजा ल्याउदै आएको विद्यालयले बधाई तथा शुभकामना कार्यक्रममा सर्वोत्कृष्ट नतिजा ल्याउने सुप्रिया मिश्रा र शैलेन्द्र कुमार यादवलाई नगद सहित सम्मान गरेको छ । साथै, स्कुलको उत्कृष्ट एसईई नतिजाका लागि योगदान दिने शिक्षक, कर्मचारी लाईसमेत सम्मान गरिएको थियो ।

विद्यालयका प्रिन्सिपल जोखन प्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रमको संचालन शिक्षक श्याम मोहन यादवले गरेका थिए भने स्वागत शिक्षिका यशोधा खड्काले गरेकी थिइन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!