रूपन्देहीबाट काठमाडौं जाँदै गरेकाे बसमाथी पहिरो खस्दा चालकको मृत्यु

भैरहवा । रूपन्देहीबाट काठमाडौं जाँदै  गरेकाे बसमा ढुंगा लागेर चालककाे मृत्यु भएकाे छ । नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका-२९ सत्रकिलो भन्ने ठाउँमा माथिबाट  बिहान साढे तीन बजे आसपासमा खसेको पहिरोबाट आएको ढुंगा लागेर बस चालकको मृत्यु भएको हाे । काठमाडौं जाँदै गरेको लु२ख ६५६६ नम्बरको बस चालक नवलपरासी सुनवल नगरपालिका-४ बस्ने ३६ वर्षीय मेघनाथ विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिए ।

ढुंगा लागेर गम्भीर घाइते भएका चालक विकको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । उनीसँगै रहेका यात्रु पनि घाइते भएका छन । शुक्रबार बिहान ३ बजेको समयमा नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको भरतपुर– २९, सत्रकिलोमा माथिबाट पहिरो खसेर बसमा लागेको थियो। बसलाई  घटनास्थल नजिकै साईड लगाई राखिएको छ । पहिरोका कारण सडक अवरुद्ध भएको छ । उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन भएको  छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!