भैरहवा, भैरहवाका युवा व्यवसायी वि.ए.(बैजनाथ ) गुप्ताले आफ्नो नयां पसल एमटीएस मोबाईल पसलको शुभारम्भ गरेका छन् ।
सिद्धार्थनगरको आवारोडमा एमटीएस मोवाईल अल सलुसनको विहीवार उद्घाटन गरिएको छ ।
नेपाली बजारमा मोवाईलको बढ्दो मागलाई मध्येनजर गर्दै सबै कम्पनीका एन्ड्रोएड र आईफोनको ग्यारेन्टी सहित विक्रिवितरण गरिने संचालक गुप्ताले जानकारी दिए ।
उनका अनुसार पसलबाट मोवाईलका पाट्र्स,अन्य एसेसरिज एवम् मोवाईल रिप्यरिङ्ग सेवा समेत प्रदान गरिनेछ । महाकाल ट्रेड सप्लायर्स द्धारा संचालित एमटीएस मोबाईलबाट सामसुङ्ग, जावा, एप्पल, ओपो,रेडमी, रियलमि लगायत सबै कम्पनीका नयां मोवाईल प्राप्त गर्न सकिने छ ।
मोवाईल खरीदमा भारतीय बजार सुनौली भन्दा धेरै सस्तो पर्ने संचालक गुप्ताले दावी गरे । उनले भने “ हामीले सबै मोवाईल तथा पाट्सहरु सिधै कम्पनीबाट नेपाल ल्याउंछौं जसमा १८ प्रतिशत जिएसटी तिर्नु पर्दैन् त्यसैले मोवाईल मात्र नभएर ८० प्रतिशत अन्य वस्तुहरु नेपालमा सस्तो पर्छ । तर भारतीय बजारमा विक्रीका लागि १८ प्रतिशत जिएसटी तिर्नु पर्ने हुन्छ । अर्कोतर्फ विभिन्न डिलर हुदै बजारसम्म मोवाईल आईपुग्दा यसै महंगो हुन्छ । ”

धेरै मोवाईल क्रेताहरु भारतीय बजारमा मोवाईल खरीद गर्दा रेटमा ठगिने, प्रयोग भईसकेका मोवाईलमा फस्ने् र रिप्यरिङ्गको समेत झन्झटमा पर्ने गरेकोले मोवाईल किन्दा नेपाली बजारबाटै वारेन्टी, ग्यारेन्टी कार्ड लिएर खरीद गर्न ग्राहकलाई सुझाव समेत दिए ।
यस्तै सरकारले लागु गरेको एमडिएमएस प्रणाली मार्फत अनाधिकृत तबरबाट खरीद गरिएको मोवाईल बन्द गर्ने हुंदा यसको जोखिमबाट बच्न समेत आधिकारिक रुपमा मोवाईल खरीद गनुपर्ने संचालक गुप्ताले जोड दिए ।
मोवाईल हराएमा वा कुनै घटना घटेको खण्डमा मोवाईलबाटै अनुसन्धानको सुरु हुने हुंदा कानुनी मान्यता प्राप्त दर्ता गरिएका पसलहरुबाट मोवाईल खरीद गर्नुपर्ने उनले बताए । नेपाली ग्राहकहरुलाई सुनौली बजारमा सस्तो हुन्छ भन्ने भ्रममा नपर्न समेत उनले अनुरोध गरे । एमटीएस मोबाईलमा हाल पांचजना कर्मचारीहरुले रोजगारी पाएका छन् । कोरोना पछि शिथिल रहेको बजारलाई चलायमान बनाउन र रोजगारी सृजना गर्न प्रेरित गर्नेगरी व्यवसाय शुभारम्भ गरेकोमा यहांका उद्योग वाणिज्य संघ, संगठन लगायत व्यवसायिक संस्थाहरुले बधाई तथा शुभकामना व्यतm गरेका छन् । गुप्ता नेपाल मोवाईल व्यवसायी संघ रुपन्देहीका अध्यक्ष समेत रहेका छन् ।
