सिद्धार्थनगर नगरपालिका पूर्ण संस्थागत प्रसूती सेवायुक्त नगर घोषणा

भैरहवा, सिद्धार्थनगर नगरपालिकालाई पूर्ण संस्थागत प्रसूती सेवायुक्त नगरपालिका घोषणा गरिएको छ ।
बुधबार एक कार्यक्रमकाबीच जिल्ला समन्वय समिति रुपन्देहीका संयोजक एवम् जिल्ला प्रजनन् स्वास्थ्य समिति रुपन्देहीका अध्यक्ष उमाकान्त चपाईले नगरपालिकालाई पूर्ण संस्थागत प्रसूती सेवायुक्त पालिका घोषणा गर्दै यसको प्रमाणपत्र हस्तान्तरण गरे ।
यसरी घोषणा गरिएको यो रुपन्देहीको पांचौं पालिका हो । जिल्लाका मर्चवारी, सम्मरीमाई, सियारी गाउंपालिका र देवदह नगरपालिका यस अघिनै पुर्ण संस्थागत प्रसुती सेवायुक्त पालिका घोषणा भइसकेका छन् ।


सिद्धार्थनगर पुर्ण संस्थागत प्रसुती सेवायुतm नगरपालिका घोषणा भएको प्रमाणपत्र ग्रहण गर्दै नगरप्रमुख ईस्तियाक अहमद खानले यसको सुनिश्चितता र दीर्घकालिन कार्यान्वयनका लागि छिट्टै नगरपालिकाले सुत्केरी महिलाको लागि निशुल्क एम्बुलेन्स सेवा संचालन र प्रयाप्त पौष्टिक आहारको व्यवस्था गर्ने योजनामा रहेको बताए ।
उनले कम सेवा सुविधाका बावजुद नागरिकको घरदैलोमा सेवा दिने र सुत्केरी हुन स्वास्थ्य संस्थासम्म पुग्न प्रेरित गर्ने नगरका सबै स्वास्थ्य स्वंयम्सेविका तथा स्वास्थ्यकर्मी, जनप्रतिनिधिलाई धन्यावाद दिए । आफुले स्वच्छताकर्मी र स्वास्थ्य स्वंयम् सेविकालाई प्राथमिकतामा राखेको नगर प्रमुख खानले बताए ।
सोही कार्यक्रममा नगर उप प्रमुख उमा अधिकारीले घामपानी नभनी नागरिकको घर घरमा पुगेर सेवा दिने नगरका स्वास्थ्य स्वयम् सेविकाहरुको मेहनतका कारण पालिका पुर्ण संस्थागत प्रसुती सेवायुतm पालिका घोषणा गर्न सक्षम रहेको भन्दै धन्यावाद दिईन् । स्वयम्सेविकाको सेवाका विषयमा नगरपालिका सकारात्मक रहेको उनले बताईन् ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिईएको बताए । सिद्धार्थनगरभित्र आर्थिक अभावको कारणले कुनै सुत्केरी आमा र शिशुले ज्यान गुमाउन नपरोस् भनेर स्वास्थ्य कोष स्थापना गरिएको जानकारी दिए ।
रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले शिक्षा, स्वास्थ्य र रोजगारी मुलुक विकासका तिन खम्मा भएको बताए । नागरिकको स्वास्थ्यका विषयमा नेपालको संविधानमै उल्लेख गरिएपनि कानुन कार्यान्वयन नहुंदा नागरिक आर्थिक अभावमा स्वास्थ्यसेवा लिनबाट बन्चित भईरहेको उनले बताए । सिद्धार्थनगरले घोषणा गरिएको विषयलाई पुर्णताका लागि यसको कार्यान्वयनको पक्षलाई ध्यान दिनुपर्नेमा सहायक प्रजिअ रानाले जोड दिए ।
सिद्धार्थनगर वडा नम्बर ९ का वडाध्यक्ष शेषकान्त भण्डारीले सबैको सामुहिक प्रयासबाट पालिका पुर्ण संस्थागत प्रसुती सेवायुतm पालिका घोषणा सफल भएको बताए ।
जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालले आगामी वर्षसम्म रुपन्देही जिल्लालाई पुर्ण संस्थागत प्रसुती सेवायुतm जिल्ला घोषणा गरिने जानकारी दिए ।
सिद्धार्थनगर नगरपालिकाले स्वास्थ्य कोष स्थापना गरेर जिल्लामै नमुना पालिकाको पहिचान बनाउन सफल भएको उनले बताए । स्वास्थ्यको क्षेत्रमा अन्य पालिकाले पनि सिको गर्ने खालका काम गर्न उनले सुझाव दिए ।


पछिल्लो तथ्याङ्क अनुसार लुम्बिनी प्रदेश मातृ शिशु मृत्युदरमा अग्रस्थानमा छ । स्वास्थ्य कार्यालय प्रमुख ढकालले भने “जिल्लागत रुपमा तुलना गर्दा रुपन्देही जिल्लाको मातृ मृत्युदर उच्च छ । यसको कारण रुपन्देही जिल्लामा ठुला अस्पतालहरु रहेको र अन्य जिल्लाबाट समेत रिफरल केशहरु आउने हुंदा संख्या बढेको हुन सक्छ । ”उनले भने ।
सोहीे अवसरमा बोल्दै सामाजिक अभियान्ता ज्ञानु पौडेलले मातृ शिशु मृत्युदर घटाउन अस्पतालमा गुणस्तरीय स्वास्थ्य सेवा दिनसक्नु पर्ने बताईन् । अस्पताल पुरयाउने निर्णयमा ढिलाई हुनु, समयमा उचित यातायातको व्यवस्था नहुनु र अस्पताल पुगिसकेपछि पनि स्वास्थ्यसेवा गुणस्तर नहुंनु मातृशिशु मृत्युका मुख्य कारण रहेकोले यि कुराहरुमा सचेतना जगाउनु पर्ने बताईन् ।
लुम्बिनी प्रेस क्लबका अध्यक्ष सम्झना शर्माले सिद्धार्थनगरले सुचाङ्क पुरा गर्दै पुर्ण संस्थागत प्रसुती सेवायुतm पालिका घोषणा हुनु नगरवासीका लागि मात्र नभई जिल्ला कै लागि सुखद भएको बताईन् । घोषणालाई प्रत्येक वर्ष सुनिश्चितता गर्न यसको कार्यान्वय प्रभावकारी बनाउन सुझाव दिईन् ।
स्वास्थ्य संयम्सेविका चित्रलेखा थापाले थोरै सुविधामा पनि सेवाको भावले नागरिकको घरमा स्वास्थ्य सेवा पुरयाउन पाउंदा आफुहरुमा खुशी छाएको बताईन् । आगामि दिनमा स्वयम् सेविकाको भुमिकालाई सरकाले उचित मुल्याङ्कन गर्ने आशा व्यतm गरिन् ।
नगरपालिकाभित्र ९५ प्रतिशत भन्दा बढी महिलाहरु दक्ष प्रसुतीसेवा लिन सक्षम रहेको सुचाङ्कको आधारमा पालिका पुर्ण संस्थागत प्रसुती सेवायुतm घोषणा भएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख गिता न्यौपानेले जानकारी दिईन् । अन्य पांच प्रतिशत कोही बाटोमै सुत्केरी भई अस्पताल पुरयाईएको अवस्था हो उनले भनिन् ।
स्वास्थ्य शाखा प्रमुख न्यौपानेका अनुसार पालिकामा सुचाङ्कहरु गर्भावस्थामा चार पटक चेकजांच, गर्भधारण गरेपछिको चार महिना, ६ महिना, आठ महिना र नौं महिना गरी चारपटक स्वास्थ्य संस्थामा चेकजांच गराउने महिलाको संख्या ९० प्रतिशत रहेको छ । यसैगरी दक्ष स्वास्थ्यकर्मीको निगरानीमा स्वास्थ्य संस्थामा प्रसुती हुनेको संख्या ९५ प्रतिशत, प्रसुती पश्चात ४२ दिनसम्म जांच गराउने र आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिनेको संख्या ९७.४६ प्रतिशत रहेको छ । यी सुचाङ्क पुरा भएको अवस्थामा पालिकालाई पुर्ण संस्थागत सेवायुतm पालिका घोषणा गर्न योग्य मानिन्छ ।


सो अवसरमा नगरपालिकाले सिद्धार्थनगरभित्रका स्वास्थ्यसंस्थाहरु भीम अस्पताल भैरहवा, युनिभर्षल मेडिकल कलेज भैरहवा, ईन्द्रेणी ग्रामिण विकास केन्द्र,वडास्तरीय प्रजनन् स्वास्थ्य समितिहरु ल्गायत नगरलाई पूर्ण संस्थागत प्रसूती सेवायुतm नगर घोषणा गर्न भुमिका खेल्ने सबैलाई सम्मान गरेको थियो । सो अवसरमा वडाध्यक्ष, वडा सदस्यहरु, कार्यपालिका सदस्य, कर्मचारीहरु, सशस्त्र प्रहरी उपरिक्षक आनन्द थापा, युसिएमएसका मेसु सघनमुखी, भीम अस्पतालका डा. हुसेन लगायतको उपस्थिति रहेको थियो । दीगो विकासको लक्ष्य पुरा गर्न नेपालले सन् २०३० सम्म देशलाई मातृ शिशु मृत्युदर लगभग शुन्यमा झार्ने लक्ष्य राखेको छ । जसको सुरुवात पालिकाबाट गरिदैछ । सन् २०१६ मा प्रत्येक एक लाख सुत्केरी महिला मध्ये ५ सय ३९ जनाले ज्यान गुमाउथे । विभिन्न प्रयासका कारण यो संख्या हाल १ सय ५१  मा झरेको तथ्याङ्क छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!