प्याब्सन सिद्धार्थनगरद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने २ सय १८ जना विद्यार्थीलाई सम्मान

भैरहवा, निजी तथा आवासीय विद्यालय अर्गानाइजेशन नेपाल (प्याब्सन), सिद्धार्थनगर, रुपन्देहीले २०८० को एसईईमा उत्कृष्ट नजिता ल्याउने विद्यार्थीहरुलाई सम्मान गरेको छ ।
नगर क्षेत्रमा संस्थामा आबद्ध विद्यालयहरुबाट एसईई परीक्षामा सहभागी भई उत्कृष्ट नजिता ल्याएर उत्तीर्ण हुने विद्यार्थीलाई सम्मान गरिएको प्याब्सन सिद्धार्थनगरका सचिव राजेन्द्र घिमिरेले जानकारी दिए ।

शनिबार भैरहवामा आयोजित कार्यक्रममा नगर प्रमुख इश्तियाक अहम्मद खाँले विद्यार्थीलाई सम्मान गर्दै राम्रो नतिजा दिने नीजि विद्यालय, अभिभावक र विद्यार्थीलाई बधाई शुभकामना एवम् धन्यावाद दिए । सरकारी द्यिालयको नजिता सन्तोषजनक नहुनु दुखद भएको भन्दै आगामी दिनमा स्थानीय सरकारको हैसियतले गम्भिर समिक्षा गर्ने जनाए । नगरको शिक्षालाई सुधार गर्न सबै किसिमको पहलकदमी गरिएको जनाए । उत्तीर्ण विद्यार्थीहरुलाई आगामी दिनमा राम्रोसँग अध्ययन गरी मुलुकका लागि आवश्यक जनशक्तिका रुपमा उभिने गरी लाग्न नगर प्रमुख खांले अनुरोध गरे ।

कार्यक्रमका विशिष्ठ अतिथि उपप्रमुख उमा अधिकारीले कोरोनाको समयमा विद्यार्थीहरुले पढ्न नपाउंदाको नतिजा आज देखिएको बताईन् । जिपिए ल्याउनु सफलता भएपनि यसलाई पुर्णता दिनको लागि विद्यार्थीको आचरण र व्यवहारले पुष्टी गर्नुपर्ने सुझाव दिईन् ।

प्याब्सन केन्द्रीय उपाध्यक्ष विष्णु पन्थी, प्याब्सन केन्द्रिय सचिवालय सदस्य लेखनाथ पौडेल , रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापा, सिद्धार्थ उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष नेत्रप्रसाद आचार्य, उद्योग ब्यापार संगठन, रुपन्देही अध्यक्ष दर्पण श्रेष्ठ लगायतले उत्कृष्ट विद्यार्थीहरुलाई खादा र प्रमाणपत्रले सम्मान गर्दै सरकारले नीजि क्षेत्रलाई हेर्ने दृष्टीकोणमा परिवर्तन गर्नुपर्ने बताए । विद्यार्थी अभिभावकले उच्च शिक्षाका लागि आफ्ना छोराछारीलाई शहर वाहिर नपठाउन सुझाव दिए । सिद्धार्थनगरको शिक्षालाई गुणस्तरी बनाउनका लागि सबैको सामुहिक पहल कदमी आवश्यक पर्ने उनीहरुको भनाई थियो ।

सिद्धार्थनगरबाट यसपटकको एसईई परीक्षामा सिर्दिमा पन्तले ३.९६ जीपीएर ल्याएर नगर प्रथम भएकी थिइन् । यस्तै, छात्रतर्फ दृष्टान्त रेग्मीले ३.९१ जीपीए ल्याएर नगर प्रथम भएका थिए । उनीहरु दुबैजना काशी नोबल एकेडेमीबाट एसईई दिएका विद्यार्थी हुन् । उनीहरुसँगै प्याब्सनले ३.२ भन्दा माथि जीपीए ल्याउने २ सय १८ जना विद्यार्थीलाई सम्मान गरेको हो ।

एसईईमा सिद्धार्थनगरबाट १ हजार ५६१ परीक्षार्थी सहभागी भएका थिए । यसमध्ये जम्मा ६९० जना मात्रै उत्तीर्ण भएका छन् । त्यसमा पनि अधिकांश निजी विद्यालयमा अध्ययनरत विद्यार्थी छन् ।
प्याब्सनका अनुसार निजीबाट ८५९ विद्यार्थीले परीक्षा दिएकामा ५५३ जना उत्तीर्ण भएका छन् । सामुदायिबाट भने १३७ जना मात्रै उत्तीर्ण भएको सिद्धार्थनगरपालिकाले जनाएको छ । प्याबसनमा आबद्ध २५ वटा विद्यालयमध्ये मावि कक्षा १९ वटा विद्यालयमा मात्रै संचालित छन् । कार्यक्रम प्याब्सन सिद्धार्थनगरका अध्यक्ष गोकुल पोख्रेलको अध्यक्षता तथा सचिव राजेन्द्र घिमिरेको संचालनमा सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!