नेपाली कांग्रेस क्षेत्र नं. ३ द्धारा सिनपाको समग्र विकासको विषयमा नगर प्रमुखसँग छलफल

भैरहवा, नेपाली कांग्रेस क्षेत्र नं. ३, रूपन्देहीको आयोजनामा सिद्धार्थनगरका नगर प्रमुख इस्तियाक अहमद खानसँग सिद्धार्थनगरका समग्र विषयहरुमा ‘भेटघाट तथा छलफल कार्यक्रम’ सम्पन्न भएको छ ।
नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं ३ का क्षेत्रीय सभापति युवा नेता सुशील गुरुङ्गको सभापतित्व तथा नेपाली कांग्रेसका महासमिति सदस्य तथा सिद्धार्थनगरका नगर प्रमुख इस्तियाक अहमद खानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा सिद्धार्थनगर पालिकाले आर्थिक वर्ष २०८१÷०८२ का लागि प्रस्तुत गरेका नीति तथा कार्यक्रम, बजेट लगायत शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार, सरसफाई तथा लक्षित वर्गको उत्थानमा गर्नुपर्ने भुमिकाको विषयमा छलफल भएको थियो ।
कार्यक्रममा नगर प्रमुख खानले नगरपालिका सानो क्षेत्रफल, सीमित स्रोत र साधानका बावजुद पनि नगरका आम जनताको पक्षमा कार्य गरिरहेको र भोलिका दिनमा पार्टीसँग छलफल तथा समन्वय गरि अघि बढ्ने बताए ।
नेपाली कांग्रेस प्रदेश ३ ‘क’ का सभापति सुरेन्द्रजंग थापा, सिद्धार्थनगरका सभापति कोशिस बहादुर खड्का, तानसेन नगरपालिकाका सभापति सुवर्णमणि शाक्य लगायतले सिद्धार्थनगरले गरेका सकारात्मक तथा आगामी दिनमा गर्नुपर्ने कार्यहरुका बारेमा आफ्ना भनाई राखेका थिए ।
यसैगरि छलफल कार्यक्रममा महासमिति सदस्य तथा वडा नं. १३ का अध्यक्ष सोम बहादुर गुरुङ्ग, महाधिवेशन प्रतिनिधि महेन्द्र कुमार श्रेष्ठ, प्रदेश ‘क’ का कोषाध्यक्ष दिपक बहादुर कुँवर, वडा नं. ५ का अध्यक्ष पुरन प्रसाद श्रेष्ठ, वडा नं. ७ का अध्यक्ष दामोदर शर्मा घिमिरे, वडा नं. ४ का सभापति नरेन्द्र रौनियार, वडा नं. ५ का सभापति केशव गुप्ता, वडा नं. ६ का सभापति राम बहादुर गुरुङ्ग, वडा नं. ९ का सभापति श्याम सुन्दर खनाल, वडा नं. १० का सभापति विजयनाथ धवल, वडा नं. ११ का सभापति केदारनाथ कुर्मी, वडा नं. १२ का सभापति हरिराज विष्ट, वडा नं. १३ का सभापति प्रकाश बहादुर सिंह खड्का, जनप्रतिनिधि सिता बुढाप्रिति, निलुश्रीष मगर, कुमार के.सी., ठाकुर अधिकारी, सुष्मा राजभण्डारी, विनिता श्रेष्ठ, जितमान गुरुङ्ग, राकेश गुरुङ्ग, माधव शर्मा, इन्दिरा के.सी., आकाश पौडेल, इन्जिनियर शैलेन्द्र श्रेष्ठ, जानकी कुवँर लगायतले नगरपालिकाले नगरका सबै वर्गको मन छुने गरि कार्य गर्न सल्लाहÐसुझाव तथा जिज्ञासा राखेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेसको भातृसंघ नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघको केन्द्रिय सदस्यमा निर्वाचित भएकोमा रुपा पुनलाई सम्मान गरिएको थियो भने कार्यक्रम नेपाली कांग्रेस क्षेत्रीय कोषाध्यक्ष कृष्ण खनालको स्वागत तथा क्षेत्रीय सचिव लेखनाथ भट्टराईको संचालनमा भएको थियो ।  

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!