आज असार १५, मानो रोपेर मुरी उब्जाउने दिन

असार, आज असार १५, राष्ट्रिय धान दिवस अर्थात मानो रोपेर मुरी उब्जाउने दिन । पहिला कृषकहरुले दही चिउरा खाएर खेतमा धान रोप्दै मनाउने यो दिवसलाई केही वर्षयता भने सरकारले धूमधामका साथ धान दिवस मनाउने गरेको छ ।
दिवस मनाईरहदा समयमा मल विउ उपलब्ध हुन नसक्दार र मनसुन समयमा नआउंदा किसानहरु भने त्यति खुशी देखिदैनन् । हरेक पालिकाको नारामा कृषिलाई प्राथमिकतामा राखिएपनि परम्परागत कृषि प्रणालीका कारण वर्षेनी नेपालीहरु खाद्यन्न आयातमा निर्भर पर्नु पर्ने बाध्यता छ । सिंचाईको उचित प्रबन्ध नहु)दा यहांका किसानहरु ऋाकासे पानीमा निर्भर छन् , जसका कारण मध्य असारसम्म लुम्बिनी प्रदेशमा १८.५ प्रतिशतमात्रै रोपाई भएको छ । सिंचाइ र मलखादको अभावका कारण अधिकांश खेत बांझै छन्।
सरकारले २०६१ सालदेखि असार १५ गतेलाई धान दिवस तथा रोपाइँ महोत्सव मनाउने गरेको छ । यस वर्ष कृषि तथा पशुपन्छी मन्त्रालयले ‘जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नारा दिएको छ ।
तर, सिंचाइको अभावले समयमा धान रोप्नु नपाउंने समस्या वर्षेनी दोहोरिने गरेको छ। आकाशेपानीकै भरमा धान खेती गर्नुपर्ने बाध्यता किसानको छ । यस वर्ष पनि लामो खडेरी र वर्षा सुरु नभएका कारण धान रोपाइ गर्न सकिरहेका छैनन्।
कृषि विकास निर्देशनालयका अनुसार असार १४ गतेसम्म यहां १८.५ प्रतिशत रोपाई सकिएको छ ।
‘यस वर्ष पनि समयमै वर्षा नहुंदा प्रदेशमा धान रोपाई कम मात्रामा भएको छ । समयमै वर्षा भएको भए अहिले ५० प्रतिशतको हाराहारीमा रोपाई हुन्थ्यो । तर, पानी नपर्दा १८.५ प्रतिशत मात्रै रोपाई भएको छ । यद्यपी यो वर्ष गत वर्षको तुलनामा ७.४१ प्रतिशत बढी धान रोपाई भएको छ । गत वर्ष लुम्बिनी प्रदेशमा असार १४ गतेसम्म ११.०९ प्रतिशत धान रोपाई भएको थियो ।
कृषि विकास निर्देशनालयका अनुसार लुम्बिनी प्रदेशमा धान रोपाई हुने ३ लाख ११ हजार ६४३ हेक्टर क्षेत्रफलमध्ये अहिलेसम्म ६७ हजार ६६७ हेक्टर क्षेत्रफलमा मात्रै रोपाई भएको छ । रुपन्देहीमा २३ प्रतिशत रोपाई सकिएको छ । रुपन्देहीमा धान उत्पादन हुने ६३ हजार ४९७ हेक्टर क्षेत्रफलमध्ये १४ हजार ६०४ हेक्टरमा रोपाईँ भएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!