भैरहवा, मानव अधिकारका लागि एकल महिला समुहले एकल महिला सुरक्षा कोषलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्नेमा सरकारको ध्यानाकार्षण गराएका छन् ।
राष्ट्रिय महिला आयोगको आयोजनामा सोमबार भैरहवामा सम्पन्न भएको एकल महिलाहरुको सुरक्षा सम्बन्धमा नीतिगत तथा कार्यक्रमगत पृष्ठपोषणका लागि सरोकारवालाहरुकोसंग गरिएको अन्तक्रियात्मक कार्यक्रममा उनीहरुले सरकारले आमाको नामबाट सहज रुपमा नागरिकता उपलब्ध गराउन नसक्दा एकल आमाका धेरै सन्तानहरु नगरिकता विहीन हुनु परिरहेको बताए ।
आयोगका सदस्य कृष्ण कुमारी पौडेल खटिवडाको अध्यक्षता तथा जिल्ला समन्व समिति रुपन्देहीका संयोजक उमाकान्त चपाईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मानव अधिकारका लागि एकल महिला समुह लुम्बिनी प्रदेशका अध्यक्ष जानकी घिमिरेले कार्यपत्र प्रस्तुत गर्दै एकल महिलाको सुरक्षाका लागि तिनै तहका सरकारको भुमिका प्रभावकारी हुनुपर्नेमा जोड दिईन् ।
कार्यपत्रमा एकल महिला समुहको पृष्ठभुमि, अवस्था र समाजमा खेप्नु परेका समस्याहरुको बारेमा जानकारी गराईएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि चपाईले महिला र पुरुषको अधिकार समान भएपनि सामाजिक कुरिती, पुराना मुल्यमान्यताका कारण महिलाहरुमाथि विभेद भईरहेकाले सोंचमा परिवर्तन आवश्यक रहेको बताए । नीतिगत रुपमा महिलाका सवालहरुलाई प्राथमिकतामा राखेर कानुन निर्माण गर्ने र त्यसको प्रभावकारी कार्यान्वयन गर्न सकेमात्र महिलामाथि हुने विभिन्न किसिमका हिंसामा कमी आउन सक्ने उनको भनाई थियो ।
यस्तै विशिष्ट अतिथि सिद्धार्थनगर नगारपालिकाका प्रमुख ईस्तियाक अहमद खानले महिला हिंसा कम गरी महिलाहरुलाई अधिकार सम्पन्न बनाउन घर घरबाटै छोरा र छोरीबीचको विभेद कम गर्नुपर्ने बताए । कतिपय अवस्थामा महिलाहरु स्वयम पनि आफ्नो अधिकार प्राप्तीका लागि आफै अग्रसर हुनुपर्ने मेयर खानको भनाई थियो । एकल महिलाहरुको सिप विकास गरी उनीहरुलाई आत्म निर्भर बनाउनका लागि सिद्धार्थनगर नगरपालिकाले महिला शसतmीकरणलाई प्राथमिकतामा राखेर आगामी बजेट ल्याईएको बताए ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले समाजको गतिशिलतासंगै भएका परिवर्तनहरुलाई स्वीकार्दै घरबाटै मानव अधिकारका सवालहरुमा वहस जरुरी रहेको बताए । कतिपय भोगाईको कुनै भरपाई नहुने भन्दै महिलाका पक्षमा बनेका कानुनहरुमा कानुनी छुद्र राखिएकोले यसको सहि कार्यान्यनका लागि आफुहरुलाई चुनौति रहेको बताए । आमाको नामबाट नागरिकता दिने विषय सुन्दा सहज लागेपनि बाबुको ठेगान नभएका भन्ने जस्ता शब्दहरुका कारण आमाको नामबाट सहज नागरिकता निद कठिनाई रहेको बताए ।
एकल महिलाहरुका समस्यालाई सम्बोधन गर्ने, उठेका समस्या र समाधानका लागि सरकार समक्ष सिफरिस गर्ने, एक महिलारुहको सामाजिक तथा आर्थिक सुरक्षाका सवालहरु एठान गरी समाधानका लागि पहल गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको आयोगका सदस्य कृष्ण कुमारी पौडेल खतिवडाले जानकारी दिईन् । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रमुख, सुरक्षा निकायका प्रमुख, एकल महिला समुह,संचारकर्मी लगायतको सहभागिता रहेको थियो ।

