ओमसतिया गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक , बजेट ४९ करोड २२ लाख

भैरहवा– रुपन्देहीको ओमसतिया गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१–०८२ का लागि नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । ओमसतियाले नयां आर्थिक वर्षका लागि ४९ करोड २२ लाख रुपैयाँ बराबरको बजेट ल्याएको हो ।
सोमबार गाउँपालिकाको १५ औं अधिवेशनमा आगामी आव २०८१–०८२ लागि उपाध्यक्ष सुनिता चौधरीले ४९ करोड २२ लाख १८ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरिन् । ‘सबै क्षेत्रको समानुपातिक विकास गर्ने गरी बजेट ल्याएका छौं’, उनले भनिन्, ‘पालिकालाई हरेक क्षेत्रमा सम्मन्न गराउने हाम्रो लक्ष्य छ ।’
पालिकाको आगामी नीति तथा कार्यक्रमका लागि पालिकाका भित्रका सम्बन्धीत सरोकारवाला संघसंस्थाहरुसंग सरसल्लाह गरी तयार गरिएकोले समग्र पालिकावासीको भावना समेटिएको पालिका अध्यक्ष मन्जिल कुमार यादवले बताए । कृर्षि, महिला सशतिmकरण, जेष्ठ नागरिक, बालबालिका, लक्षित वर्ग सबैलाई समेट्ने गरी आगामी आर्थिक वर्ष २०८१। ०८२ का लागि नीति तथा कार्यक्रम र बजेट ल्याईएको अध्यक्ष यादवले बताए । पालिकाको सार्वजनिक प्रशासन चुस्त राख्ने, शुसासन कायम राख्ने, प्रशासनीक सेवालाई छिटोछरितो र जनमुखी बनाउने जस्ता कार्यक्रम समेटिएको पालिकाका प्रमुख प्रशासकीय असधकृत विपिन क्षेत्रीले जानकारी दिए ।
प्रस्तुत बजेटममा शिक्षा क्षेत्रलाई विषेश प्राथमिकता दिईएको छ । यस्तै विद्यालयको पहुँच वाहिर रहेका र बीचमैं विद्यालय छाड्ने बालवालिकाको तथ्यांक एकिन गरि प्रोत्साहनयुक्त प्याकेज कार्यक्रम संचालन गनेमा जोड दिइएको छ ।
गाउँपालिका भित्र प्रचलनमा रहेका मातृभाषाहरुको संरक्षण गर्न लिपि तथा व्याकरण लेखन एवम् प्रकाशन गर्ने, पर्यावरण तथा बातावरण संरक्षणका लागि पोखरी संरक्षण, ढुंगा गिट्टी वालुवा जस्ता नदिजन्य पदार्थ र अन्य प्राकृतिक स्रोतको अनाधिकृत एवम् अवैज्ञानिक दोहनलाई नियन्त्रण गरिने र गाउँपालिका भित्र आवासीय भवन निर्माण गरिँदा ‘एक घर, एक बिरुवा’ नीति अवलम्बन गर्न बजेट विनियोजन गरिएको उनले जानकारी दिइन् ।
विपन्न स्वास्थ्य संस्थामा नियमित स्वास्थ्य जाँच गराउने गर्भवती तथा सुत्केरी महिला र गम्भिर स्वास्थ्य समस्या भएका बिरामीलाई उपचारका लागि अस्पताल लैजान निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइने, आउँदो आवदेखि कृषि मिटर जडान गरेका कृषकलाई बिद्युत महशुलमा ५० प्रतिशत छुट दिइने नीति लिइएको र यसका लागि आवश्यक बजेट छुट्याइएको उनले बताइन् ।
कुष्ठरोग, क्षयरोग, पाठेघरको मुखको क्यान्सर, एचआइभी–एड्स, सिकलसेल एनिमिया जस्ता रोगबाट हुने जोखिम न्युनिकरणका लागि बिरामीको नियमित खोजपड्तालका कार्यक्रम संचालन गर्ने र यसका लागि आवश्यक बजेट विनियोजन गरिएको पालिकाले जनाएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!