योग्य श्रमबजारलाई विदेशिनबाट रोक्छौं ः मुख्यमन्त्री महरा

भैरहवा, लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले नेपालको श्रमबजारलाई बिदेशमा जानबाट रोक्नुपर्नेमा जोड दिएका छन् ।
उनले नेपालले उत्पादन गरेका योग्य श्रमशक्तीलाई विदेशीले प्रयोग गरेको भन्दै त्यो रोक्नका लागि सवैपक्षले छलफल चलाउनु पर्ने धारणा राखे ।
नेपालको पर्यटन, पर्यावरण, कृषि, जलस्रोत लगायतका क्षेत्रमा प्रविधिको प्रयोग गरि नेपाली श्रमबजारलाई यहि खपत हुने वातावरण श्रृजना गर्ने तर्फ लुम्बिनी प्रदेश सरकारले थालनी गरेको उनले बताए ।
नेपाली श्रमीकको श्रममुल्य नेपालमा कम रहेकाले विदेशिनु पर्ने बाध्यता रहेको छ । मुख्यमन्त्री महराले भने, ‘नेपाली उत्पादनको बृद्धि र श्रममुल्य समय सापेक्ष बनाउन जरुरी देखिन्छ ।’
दाङको घोराहीमा सुचना तथा सञ्चार, प्रविधिको विकासको नविनतम प्रयोग(कृत्रिम बौद्धिकता) सम्बन्धी कार्यक्रममा उद्धघाटन गर्दै उनले समयको रफ्तार संगै प्रविधिको विकास र विस्तार हुदै गएको धारणा राखे ।
राप्ती इन्जिनरिङ कलेज, स्वर्गद्धारी कम्युनिकेसन तथा रिर्सच सेन्टर र साइलेन्स रिसर्च एण्ड इनोभेसन सेन्टरले सयुक्त रुपमा आयोजना गरको उक्त कार्यक्रममा बोल्दै मुख्यमन्त्री महराले असल कर्म र मानव हितका लागि प्रविधिको प्रयोगमा सवैले जोडदिनुपर्ने सुझाव दिए ।
विभिन्न डिजिटल प्रविधि र सञ्चार क्षेत्रमा अध्ययन गर्ने विद्यार्थी, शिक्षक र सरोकारवाला निकायको सहभागी भएको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री महराले नेपालको माटो सुहाउने र योग्य जनशक्ती उत्पादनका लागि सवैपक्षले काम गर्नुपर्ने बताए ।
मुख्यमन्त्री महराले संसारमा विकसित हुदै गरेको डिजिटल प्रविधिलाई मानव कर्म र सहिरुपमा प्रयोग गर्न जरुरी भएको बताउदै गतलरुपमा प्रयोग हुने विषय वस्तुहरुलाई नियन्त्रण गर्नुपर्ने विचार व्यक्त गरे ,
नेपालको गुणस्तर शिक्षालाई टेक्नोलोजी संग जोड्नु जरुरी छ । मुख्यमन्त्री महराले भने,‘ प्रविधि र सञ्चार संग जोडिएको शिक्षा प्रभावकारी देखिएको छ ।’
नेपालका उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरु विदेशीने क्रम बढदो रहेकाले यसको विषयमा अनुसन्धान र खोज गरि नेपालमा नै अध्ययन गर्ने बातावरण तयार गर्न उपस्थित शिक्षाविदहरुलाई मुख्यमन्त्री महराले आग्रह गरे ।
एकदिने उक्त कार्यक्रममा प्रविधिक्षेत्रमा ५ जना विज्ञले प्रविधिक्षेत्रको बौद्धिक प्रयोग गर्ने विषयमा प्रशिक्षण गर्ने छन् ।
लुम्बिनी प्राविधिक विश्वविद्यालयका रजिष्टार रेख भण्डारी, पुर्व स्थानीय बिकास प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक डा. शैलेन्द्र गिरि, नेपाल टेलिभिजनका नायव महाप्रवन्धक इ. चिन्तामणी बराल र नेपाल टेलिकमका इ. रबिराज यादवले कृत्रिम बौद्धिकता सम्बन्धी डिजिटल प्रविधिको प्रयोग र फाईदाका विषयमा प्रशिक्षण गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!