हातमा कालोपट्टी बाधेर संसद भवनमा कर्मचारीहरूको धर्ना,

काठमाडौं । सेवा सुविधा थपको मागसहित आन्दोलनमा उत्रिएका संघीय संसद् सचिवालयका कर्मचारीले संसद भवन नयां बानेश्वरमा प्रदर्शन गरेका छन् । केहीदिनयता विभिन्न मागसहित आन्दोलन गरिरहेका कर्मचारीहरू संसद भवनअगाडि हातमा कालोपट्टी बाधेर विरोधमा उत्रिएका हुन् । कर्मचारीहरूको आन्दोलनका कारण बिहान ११ बजे बोलाइएको संसद बैठक पनि ढिला भएको छ ।
आज बिहानमात्र बालुवाटारमा बसेको बैठकले संघीय संसद सचिवालयका कर्मचारीको माग सम्बोधन गर्न कानूनमन्त्री पदम गिरीको नेतृत्वमा महासचिव पद्मप्रसाद पाण्डे र अर्थ मन्त्रालयका सचिव मधु मरासिनी सदस्य रहेको समिति गठन गरेको छ ।
असार ७ गतेसम्म माग सुनुवाइ नभए तेस्रो चरणको आन्दोलन थाल्ने कर्मचारीले आन्दोलन घोषणा गरेका थिए ।
कर्मचारी प्रशासन नियमावली २०६५ लाई अद्यावधिक गर्नुपर्ने, अतिरिक्त समयको प्रोत्साहन भत्ता दिनुपर्नेलगायतका माग उनीहरूको छ । करारका कर्मचारीहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउनुपर्ने माग पनि उनीहरूको छ ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!