जसपा नेपालद्धारा लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता, जसपाको भने समर्थन यथावत

भैरहवा,जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा गरेको छ ।
सत्तारुढ जनता समाजवादी केन्द्रमा देखिएको खटपटले प्रदेश सरकारलाई समेत समस्यामा पार्ने देखिएको हो । केन्द्रमा दुई पार्टी भएर प्रदेश र स्थानीय तहमा जनप्रतिनिधिले दुई अलग अलग पार्टी बनाएपनि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सर्वोच्चमा गएकाले त्यो प्रकृया यसै रोकिएको छ ।
३ सांसद रहेको लुम्बिनीमा जसपा नेपाल तर्फ एक सांसद छन् भने जसपामा दुई सांसद छन् । जनता समाजवादी पार्टी नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पार्टी संसदीय दलकी प्रमुख सचेतक अम्बिका काफ्लेले आज विज्ञप्ति जारी गर्दै प्रतिपक्ष दलको भूमिकामा बस्ने निर्णय भएको जानकारी गराएकी हुन् ।
उनी समानुपातिक तर्फबाट सांसद बनेकी हुन् । प्रत्यक्षबाट सांसद बनेका दुई जना भने सरकारलाई समर्थन गरेका छन् । उनीहरु दुवै राई समूहमा छन् । संसदीय दलका नेता भण्डारीलाल अहिले कृषि मन्त्री रहेका छन् ।
समर्थन फिर्ता लिएकी काफ्लेले जेठ ५ गते बसेको पार्टीको लुम्बिनी प्रदेश समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको जनाएकी छन् । सोही अनुसार संविधानको धारा १८८ को उपधारा २ बमोजिम जनता समाजवादी पार्टी, नेपाल लुम्बिनी प्रदेश सभा संसदीय दललाई समेत सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन पार्टीले दिइसकेको विज्ञप्तिमा उल्लेख छ ।
पार्टीका सांसद अहिर र आदेश अग्रवालले भने अशोक राई नेतृत्वको जसपा रोजेका थिए । अहिर प्रदेश सरकारका कृषि मन्त्री छन् । यद्यपि उक्त दलबारे सर्वोच्चमा मुद्दा विचाराधीन छ । जसपा नेपालले समर्थन फिर्ता लिएपनि सरकार अल्पमतमा पर्दैन । ८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सांसद भए पुग्छ ।
एमालेको समर्थनमा माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका जोखबहादुर महरालाई एक सांसदले फिर्ता लिएपनि बहुमत कायम रहेको छ । एमालेका २९, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्तिका ४ जसपाका २, एकीकृत समाजवादीका एक र एक जना स्वतन्त्र सांसद गरी ४७ जनाको समर्थन अझै कायम छ ।

जसपा संसदीय दलका नेता भण्डारी लाल अहिरले आफूहरु सरकारमै रहेका र निरन्तर साथ रहने जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!