भैरहवा, सरकारले उपलब्ध गराउने निशुल्क सेवालाई लक्षित वर्गसम्म सचेतना पुरयाउन विभिन्न संघसंस्था तथा नागरिक अगुवाहरुको महत्वपुर्ण भुमिका रहने भैरहवामा आयोजित एक कार्यक्रममा जोड दिईएको छ ।
उद्योग व्यापार संगठन रुपन्देही (चेम्बर अफ कर्मश ) को आयोजना तथा प्रादेशिक अस्पताल बुटवल र नमुना एकीकृत विकास परिषद्को सहकार्यमा झैरहवामा शनिवार आयोजना गरिएको निशुल्क स्वास्थ्य सम्बन्धी जनचेतनामुलक अन्तरक्रिmयात्मक कार्यत्रममा बोल्ने वताहरुले सरकारले उपलब्ध गराउने निशुल्क सेवाका बारेमा लक्षित वर्ग नै अनविज्ञ बन्दा सेवाबाट वन्चित हुनुपरिरहेको बताएका हुन् ।
कार्यक्रममा आफ्ना भनाई राख्दै प्रमुख अतिथि भीम अस्पताल भैरहवाका मेडिकल सुप्रिटेन्टेन्ट शकुन्तला गुप्ताले सरकारले उपलब्ध गराएका निशुल्क स्वास्थ्य सेवाका बारेमा नागरिकलाई जानकारी हुनु आवश्यक रहेको बताईन् । अस्पतालमा सेवा लिन आउने लक्षित वर्गलाई अस्पतालबाटै पनि परामर्श गरिनुपर्ने उनको भनाई थियो ।
संगठनका अध्यक्ष दर्पण श्रेष्ठको अध्यक्षतामा सम्पन्न झएको अन्तरक्रिया कार्यत्रममा प्रादेशिक अस्पताल बुटवलका सामाजिक सेवा ईकाई प्रमुख डा.नेत्र प्रसाद आचार्यले निशुल्क सेवा लिन नागरिक नै अग्रसर हुनुपर्ने बताए ।
अहिले पनि निशुल्क सेवा लिन सक्ने लक्षित समुहलाई ईकाइका बारेमा प्रयाप्त जानकारी नहुंदा समस्यामा पर्ने गरेको उनको भनाई छ । “एकातिर नागरिकलाई जानकारी छैन् अर्कोतिर सरकारले निशुल्क स्वास्थ्यसेवाका लागि छुट्याएको बजेट प्रयाप्त छैन ” उनले भने ।
प्रादेशिक अस्पताल बुटवलको सामाजिक सेवा ईकाईबाट तिन करोड बढी रकम बराबरको सेवा प्रदान गरिए पनि सरकारले ९० लाख मात्र बजेट विनियोजन गरेको उनले बताए । रकम कम हुंदा नागरिकले निशुल्क पाउने सेवाका लागि समेत रकम खर्च गर्नुपरिरहेको छ उनले भने ।
उनका अनुसार नेपाल सरकारले गरीब,जेष्ठ नागरिक,अपांगता झएका व्यति क र ख वर्गका,असाहय,लैिंगक हिंसा पीडित, महिला स्वास्थ्य स्वयमसेविका, प्रहरीद्धारा ल्याईएका थुनुवा, अभिझावक विहिन व्यति, लोपोन्मुख आदिवासी जनजाती, प्राकृतिक प्रकोप प्रभावित,शहीद परिवार, कुपोसित वालबालिका लगायतका समुहलाई निशुल्क स्वास्थ्य ईकाई मार्फत निशुल्क सेवा दिने व्यवस्था गरेको छ ।
सरकारले संचालन गरेका सामाजिक सेवा ईकाई, ओसिएमसी सेवा, स्वास्थ्य विमा सेवा, सामाजिक सुरक्षाकोष कार्यक्रमका बारेमा सबै नागरिकलाई जानकारी हुनुपर्छ भन्ने उद्देश्यले कार्यक्रमको सहजीकरण गरिएको नमुना एकीकृत विकास परिषद्का ज्ञानु पौडेलले बताईन् । सरकारले दिएको निशुल्क सेवाका बारेमा धेरै नागरिकलाई जानकारी नै नहुदा सेवाबाट वन्चित हुनबाट जोगाउनका लागि सामाजिक संघसंस्थाहरुले भुमिका निर्वाह गर्नुपर्ने उनले बताईन् । परिषद्ले धरै लामो समयदेखि स्वास्थ्यका विषयमा काम गर्दै आईरहेकोले पनि यस्ता सेवाका बारेमा जनचेतना जगाउन आवश्यक रहेको उनको भनाई छ ।
कार्यक्रममा सिद्धार्थनगर नगरपालिका स्वास्थ्य शाखा प्रमुख गिता न्यौपानेले स्थानीय सरकारको नियम अनुरुप नगर स्वास्थ्य सेवा प्रदान गरिरहेको जानकारी दिईन् । ्
व्यवसायीहरुलाई संगठित गर्दै विभिन्न सामाजिक कार्य गर्दै आईरहेको उद्योग व्यापार संगठनले शिक्षा र स्वास्थ्यका विषयमा समेत आफ्ना सदस्यहरुलाई जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको संगठनका अध्यक्ष दर्पण श्रेष्ठले जानकारी दिए । कार्यक्रममा संगठनका पुर्व अध्यक्षहरु, सल्लाहकार,पदाधिकारी, विभिन्न संस्थाका प्रमुख लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन संगठनका सचिव कृष्ण प्रसाद पाण्डेले गरेका थिए ।
